प्रधानमन्त्री कार्की र लामिछानेबिच एकल वार्ता नभएको मन्त्री खरेलको दाबी
सारांश
- प्रधानमन्त्री र रास्वपा सभापतिबीच एकल वार्ता नभएको सरकारका प्रवक्ताले बताए।
- औपचारिक बैठकअघि र बैठकपछि केही अनौपचारिक कुराकानी भएको मन्त्री खरेलले जानकारी दिए।
- बैठकमा गृहमन्त्री, सञ्चारमन्त्री र रास्वपाका उपसभापतिहरू लगायत सहभागी थिए।
काठमाडौँ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच एकल वार्ता नभएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन् ।
आइतबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले प्रधानमन्त्री र सभापति लामिछानेबिच एकल रूपमा औपचारिक वार्ता नभएको स्पष्ट पारे ।
‘बाहिर आएजस्तो प्रधानमन्त्रीसँग सभापति लामिछानेको एकल वार्ता भएको छैन,’ सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले भने। औपचारिक बैठक सुरु हुनुअघि प्रधानमन्त्रीको पर्खाइका क्रममा केही अनौपचारिक कुराकानी भएको उनले बताए ।
‘बैठकपछि हामी पुराना सहकर्मी भएका नाताले केही व्यक्तिगत तथा अन्तरंग कुराकानी भएको हो, तर त्यसलाई एकल वार्ता भन्न मिल्दैन,’ मन्त्री खरेलले स्पष्ट पारे ।
करिब अढाई घण्टा चलेको उक्त बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री खरेल, रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल, साेबित गाैतमलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण