अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा
सारांश
- अमेरिकाले भेनेजुएलाको तट नजिकै फेरि अर्को तेल ट्याङ्कर कब्जा गरेको छ।
- यसअघि डिसेम्बर १० मा पनि अमेरिकाले तेल ट्याङ्कर कब्जा गरेको थियो, जसलाई भेनेजुएलाले 'समुन्द्री डकैती' भन्यो।
- ट्रम्पले भेनेजुएला आउने ट्याङ्करहरूमाथि नाकाबन्दी गर्न आदेश दिएपछि अमेरिकाले ट्याङ्कर कब्जा गरेको हो।
वासिङ्टन डिसी । अमेरिकाले भेनेजुएलाको तट नजिकै फेरि अर्को तेल ट्याङ्कर कब्जामा लिएको छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमका अनुसार अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित ट्याङ्कर नियन्त्रणमा लिएको यो दोस्रो पटक हो।
यसअघि डिसेम्बर १० मा पनि अमेरिकाले यसैगरी तेल ट्याङ्कर कब्जा गरेको थियो, जसलाई भेनेजुएला सरकारले ‘समुन्द्री डकैती’ र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लङ्घनको संज्ञा दिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला आउने–जाने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी गर्न आदेश दिएपछि अमेरिकी सेना आक्रामक रूपमा प्रस्तुत भएको हो। ट्रम्पले पछिल्लो एक अन्तर्वार्तामा अमेरिकाले आगामी दिनमा पनि थप तेल ट्याङ्करहरू कब्जा गर्ने अभियान जारी राख्ने चेतावनी दिएका छन्। यो कदमले वासिङ्टन र काराकासबीचको कुटनीतिक तथा सामरिक तनावलाई झन् उत्कर्षमा पुर्याएको छ।
मुख्य रूपमा तेल निर्यातमा निर्भर रहेको भेनेजुएलाको अर्थतन्त्रमा यो कब्जाले गम्भीर धक्का पुगेको छ। भेनेजुएला सरकारले अमेरिकाको यो कार्यलाई स्पष्ट चोरी र अन्तर्राष्ट्रिय समुन्द्री नियमहरूको धज्जी उडाउने काम भनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण