पुरुष तथा महिला राष्ट्रिय फुटसल टोली घोषणा
सारांश
- साफ फुटसल च्याम्पियनसिप २०२६ का लागि नेपाली पुरुष र महिला फुटसल टोलीको घोषणा भयो।
- पुरुष टोलीको प्रशिक्षक अनिल बहादुर गुरुङ र महिला टोलीको विक्रम महर्जनले खेलाडी छनोट गरे।
- प्रतियोगिता थाइल्याण्डमा जनवरी १३ देखि २६ सम्म हुनेछ, जसमा नेपालले प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । साफ फुटसल च्याम्पियनसिप २०२६ का लागि नेपाली पुरुष तथा महिला फुटसल टोलीको अन्तिम टोली घोषणा भएको छ ।
पुरुष राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङ र महिला राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक विक्रम महर्जनले खेलाडी छनोट प्रक्रिया र प्रशिक्षण शिविर सम्पन्न भएपछि आ–आफ्नो टोली सार्वजनिक गरेका छन् ।
दुवै टोलीले साफ फुटसल च्याम्पियनसिप २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जुन प्रतियोगिता जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा आयोजना हुने तालिका छ ।
पुरुष टोली : अमित लामा, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्त नरसिंह राणा, विशाल सारु मगर, दीपेश श्रेष्ठ (गोलकिपर), जेनिश प्रजापति, लाक्पा तामाङ, पदम तामाङ (गोलकिपर), पेम्बा दोर्जे लामा, सञ्जे स्याङ्तान, सरोज तामाङ, सुबेत लामा, सुरज गुरुङ।
महिला टोली : अनिता केसी, अञ्जली मचामसी, विमला चौधरी, विमला थापा, दीपा राई, जेनिफर राणा, झरना दुमरकोटी (गोलकिपर), मनिषा थापा मगर, प्रतीक्षा ठकुरी, रोशनी बोहरा क्षेत्री, सावित्री किशन (गोलकिपर), सजिना कोइराला, सुनकला राई, सुष्मा तामाङ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण