राजनीतिमा होमिएकी अभिनेत्री निशा अधिकारी भन्छिन्, ‘समावेशिता सङ्ख्या होइन, शक्ति हो’
सारांश
- अभिनेत्री निशा अधिकारीले गतिशील लोकतान्त्रिक पार्टीको महिला विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी छिन्।
- उनले महिलाको राजनीतिक र सामाजिक अवस्थाबारे प्रश्न उठाउँदै महिलालाई कोटामा सीमित नगर्न आग्रह गरिन्।
- उनले निर्णायक पदमा महिलाको कम उपस्थितिप्रति चिन्ता व्यक्त गर्दै महिलालाई नेतृत्वदायी भूमिका दिनुपर्नेमा जोड दिइन्।
काठमाडौँ । अभिनेत्री निशा अधिकारी मल्लले गतिशील लोकतान्त्रिक पार्टीको महिला विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै राजनीतिमा आफ्नो सक्रियता बढाएकी छन्। आइतबारदेखि औपचारिक रूपमा नेतृत्व सम्हालेकी उनले नेपालमा महिलाहरूको राजनीतिक र सामाजिक अवस्थालाई लिएर गम्भीर प्रश्नहरू उठाएकी छन्।
योगमायाले राणा शासनकालमा सुरु गरेको विद्रोहदेखि वर्तमान संविधानले दिएको अधिकारसम्मको चर्चा गर्दै उनले अब महिलाहरूलाई केवल 'कोटा' मा मात्र सीमित राख्न नहुने तर्क गरेकी छन्। अधिकारीले नेपालको राज्य संरचनाका विभिन्न तहमा महिलाको उपस्थिति अझै पनि निराशाजनक रहेको तथ्याङ्क प्रस्तुत गरेकी छन्। ७५३ स्थानीय तहमध्ये जम्मा २५ जना मात्रै महिला प्रमुख हुनु र वडा अध्यक्षमा महिलाको सङ्ख्या एक प्रतिशतमा खुम्चिनुले हाम्रो सामाजिक तथा राजनीतिक चेतनाको भद्दा दृश्य देखाएको उनको भनाइ छ। संविधानले समानुपातिक समावेशिताको हक दिए पनि निर्णायक र प्रमुख पदहरूमा महिलालाई पुग्न नदिने प्रवृत्ति अझै कायम रहेको उनले औँल्याएकी छन्।
प्रशासनिक र न्यायिक क्षेत्रमा पनि महिलाको सहभागिता कमजोर रहेको उल्लेख गर्दै उनले भर्खरै बनेको १३ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना मात्रै महिला हुनुले समावेशिताको उपहास गरेको टिप्पणी गरेकी छन्। ठुला राजनीतिक दलका निर्णायक कमिटीहरूमा महिलाको खडेरी रहेको भन्दै उनले अब नयाँ शक्तिहरूले ५१ प्रतिशत जनसङ्ख्या भएको महिला वर्गलाई नेतृत्वदायी भूमिका दिनैपर्ने अडान राखेकी छन्।
निशाका अनुसार महिला सहभागिता केवल देखावटी सङ्ख्या पूरा गर्ने विषय मात्र नभई यो नेतृत्व, विश्वास र अवसरको सवाल हो। ‘समावेशिता सङ्ख्या होइन, शक्ति हो’ भन्ने मूल नाराका साथ उनले अबको आफ्नो राजनीतिक यात्रा महिलाहरूलाई नीति निर्माणको तहमा पुर्याउन र उनीहरूको आवाजलाई बुलन्द बनाउन केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण