चुनाव र जेनजी सम्झौताप्रति एमालेको सैद्धान्तिक सहमति छ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले फागुन २१ को चुनाव र जेनजी सरकारबिच भएको सम्झौताप्रति आफ्नो पार्टीको सैद्धान्तिक सहमति रहेको बताएका छन् ।
सोमबार सरकार, निर्वाचन आयोग र दलहरूबिच भएको छलफलमा एमालेका तर्फबाट धारणा राख्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
‘सैद्धान्तिक रूपमा हामी निर्वाचनको पक्षमा छौ । तर आजको वातावरण र संसद् पुनर्स्थापनाको यो सरकार असंवैधानिक भनेर सर्वोच्च अदालत गएकाले चुनाव हुँदैन भन्ने हाम्रो निष्कर्ष हो’बस्नेतको भनाइ छ ।
उनले फागुन २१ मा निर्वाचन गर्न सरकारले ब्याक च्यानलबाट छलफलका लागि प्रस्ताव नगर्न आग्रह गर्दै ओपन च्यानल प्रयोग गर्न सरकारलाई आग्रह गरे ।
‘प्रधानमन्त्रीलाई म आग्रह गर्छु– दलहरूलाई ब्याक च्यानलबाट छलफलका लागि प्रस्ताव गर्ने भन्दा ओपन च्यानलबाट छलफल गर्ने गर्नुपर्छ’, बस्नेतले भने, ‘वान टु वान छलफल गर्दा राम्रो हुन्छ । धेरै छलफल भएपछि मात्र चुनावको वातावरण बन्छ ।’
जेनजीसँगको सम्झौता र चुनावप्रति सैद्धान्तिक रूपमा एमालेको आपत्ति नरहेको प्रस्ट पार्दै ‘तर जेनजीहरु नै भएका सहमति कार्यान्वयनमा आशङ्का गरिरहेका छन्, कोही जेनजी चुनाव हुँदैन भनिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण