नवीन समझदारी गरेर अघि बढौँ : राप्रपा
सारांश
- राप्रपा नेता राजेन्द्र गुरुङले राजा, दल र जनबिच नयाँ सहमति गर्नुपर्ने बताए।
- निर्वाचनले निकास नदिने भन्दै उनले भदौ २३ को आन्दोलनलाई बुझ्न आग्रह गरे।
- गुरुङले मुलुकलाई निकास दिन निषेधको राजनीति त्याग्न र राप्रपाको प्रस्तावमा सहमति गर्न आग्रह गरे।
काठमाडौँ । राप्रपाका नेता राजेन्द्र गुरुङले राजा, राजनीतिक दल र जनेजीबिच नवीन सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा नेता गुरुङले राप्रपाले अघि सारेको नवीन मार्गचित्रमा सहमति नगरी हुने निर्वाचनले निकास नदिने बताए ।
‘निर्वाचन के का लागि भन्ने बोध गर्नुपर्छ । अनुभवी र राज्य सञ्चालन गरेका अनुहारबाट फागुन २१ को निर्वाचनमा शङ्का उपशङ्का गरेको सुनियो’, उनले भने, ‘भदौ २३ ले एउटा सङ्केत दिएको छ नयाँ र पुराबिच समझदारी आवश्यक छ ।’
उनले भदौ २३ को आन्दोलनको बुझाइका बारेमा सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिँदै असन्तुष्टि र आक्रोश विद्रोहको रूपमा सडकमा देखिएकाले युवाहरू देशद्रोही होइनन् भन्ने बुझ्न सक्नुपर्ने बताए ।
‘मुलुकलाई नवीन समझदारीमार्फत निकास दिनुपर्छ । निषेधको राजनीति त्यागौँ । राप्रपाले पेस गरेको नवीन समझदारीको प्रस्ताव राजा, राजनीतिक दल र सरकार बिचमा सहमति गरौँ र अघि बढौँ’, गुरुङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण