‘निर्वाचन नभए प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प छैन’
सारांश
- राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्टले फागुन २१ को निर्वाचनलाई महत्त्वपूर्ण भनेका छन्।
- उनले वर्तमान सरकार असंवैधानिक रहेको टिप्पणी गर्दै निर्वाचनको समर्थन गरेका छन्।
- भट्टले निर्वाचन नगरे संसद् पुनर्स्थापनाको विकल्प नरहेको बताए र संविधानलाई ट्र्याकमा फर्काउनुपर्नेमा जोड दिए।
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्टले फागुन २१ गतेको निर्वाचनको धेरै महत्त्वपूर्ण रहेकाले आफ्नो पार्टीले समर्थन गरेको बताएका छन् ।
सोमबार सरकारले सिंहदरबारमा बोलाएको सर्वपक्षीय छलफलमा बोल्दै उनले निर्वाचनको समर्थन गरेपनि वर्तमान सरकार असंवैधानिक रहेको टिप्पणी गरे ।
‘यो सरकार संविधानभन्दा बाहिर गएर बनेको’, नेता भट्टले भने, ‘असंवैधानिक ढङ्गले नै प्रतिनिधिसभा विघटन पनि गरियो ।’
उनले ट्रयाक बाहिर गएको कोर्ष सच्याउन तोकिएको समयमा निर्वाचन गर्नुपर्ने भन्दै त्यसमा सरकारले दायाँबायाँ गरे प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको समेत बताए ।
उनले यसअघि संसद् पुनर्स्थापना गरेपछि राजाको अधिकार खोसिएको उदाहरण दिँदै निर्वाचन गराउने नगराउने प्रमुख जिम्मेवारी सरकारको भएको बताए ।
उनले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधानलाई ट्रयाकमा फर्काउनुपर्नेमा जोड दिए । उनले दलहरूलाई निर्वाचनमा जान समस्या नरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण