आँखामा लेन्स जोडेर जुवाखालमा, ठगी आरोपमा ठमेलबाट ६ जना पक्राउ
काठमाडौँ । काठमाडौँको ठमेलस्थित अलफ्ट होटल परिसरमा सञ्चालित वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिमा जुवा खेल्दा प्रविधिको प्रयोग गरेर ठगी हुने गरेको भेटिएको छ ।
जुवा खेल्दा तासमा चिप्स र आँखामा लेन्स प्रयोग गरेर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा चार जना भारतीय र दुई जना नेपाली मंसिर २६ मा पक्राउ परेका हुन् ।
काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलको छायादेवी कम्प्लेक्समा रहेको क्यासिनोबाट पक्राउ पर्नेमा भारतीय नागरिकहरू; ५७ वर्षीय सुरेश महाजंग, ३९ वर्षीय प्रमोद मोरिया, ३१ वर्षीय विक्रम सिंह, ३७ वर्षीय दिनेश वर्मा, नेपाली नागरिक ४० वर्षीय भवानी पाण्डे र ३६ वर्षीय चिजा खड्का छन् ।
भारतीयहरू मंसिर २६ मा भारतबाट आएर क्यासिनो गएका थिए । उनीहरूविरुद्ध आँखामा लेन्स प्रयोग गरेर ठगी गरेको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।
आरोपीहरूले प्रयोग गर्ने तासमा पहिले नै चिप्स जडान गर्ने र त्यसको कनेक्सन आँखामा प्रयोग गरिने लेन्ससँग जोडेर जुवा जित्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लेन्स प्रयोग गरेकाहरूले पहिले नै हार–जितबारे थाहा पाउँछन् । त्यसबारे थाहा नभएका खेलाडीहरूलाई हराएर उनीहरूले करोडौं जित्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण