बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
शिक्षा

काठमाडौँ महानगर क्षेत्रभित्र १०७ 'झोले' विद्यालय, खारेजीको तयारी (सूचीसहित)

मङ्गलबार, ०८ पुस २०८२, ०९ : ५४
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाले १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको जनाएको छ।
  • महानगरले १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क राख्न निर्देशन दिएको छ र अनुमति खारेज गर्ने प्रक्रिया थाल्ने जनाएको छ।
  • महानगरले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन अनधिकृत विद्यालय हटाउने अभियान चलाइरहेको छ।

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो । 

स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क महानगरले अल्टिमेटम दिएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

महानगरले अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अगाडि बढाउन लागेको जनाएको छ । त्यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए  सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई सम्पर्कमा आउन भनेको हो । 

तोकिएको समयभित्र सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरू बन्द गर्नका लागि कार्यपालिकामा सिफारिस गरिने विभागले जनाएको छ । 

पछिल्लो समय महानगरले अनधिकृत वा नाम मात्रका विद्यालय हटाउने र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप