बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘काठमाडौँमा जुलुस निकालेर केही हुनेवाला छैन, चुनावमा ज्यान फालेर लाग्नु’

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन दलहरू अनिच्छुक: मन्त्री पुन
मङ्गलबार, ०८ पुस २०८२, १० : १७
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • काठमाडौँमा भएको छलफलमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा सहमति जुट्न सकेन।
  • शिक्षा मन्त्री महावीर पुनले नेताहरूले भाषण मात्र गरेको र युवा पुस्ताले नेतृत्व लिनुपर्ने बताए।
  • मन्त्री पुनले राजनीतिक नेतृत्वले सत्ताको लागि समय बिताएको आरोप लगाउँदै देश डुब्ने चेतावनी दिए।

काठमाडौँ । काठमाडौँमा हालै राजनीतिक दल, नागरिक समाज, सरकार र निर्वाचन आयोगबिच भएको ६ घण्टा लामो घनिभूत छलफल निष्कर्षविहीन रूपमा टुङ्गिएको छ। विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई मतदानको अधिकार दिने महत्त्वपूर्ण प्रस्तावमाथि कुनै ठोस निर्णय हुन नसकेपछि शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाएका छन्। 

लामो समयसम्म चलेको उक्त बैठकमा समस्याको समाधान खोज्नुको साटो नेता र नागरिक समाजका अगुवाहरूले केवल भाषणबाजी मात्र गरेको र ६ महिने सरकारको कमजोरी देखाएर समय खेर फालेको मन्त्री पुनको आरोप छ। मन्त्री पुनले देशका प्रमुख शक्तिहरूले कुनै पनि समस्याको निकासका लागि सृजनशील र ठोस राय दिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। 

वर्तमान राजनीतिक नेतृत्व, दल र नागरिक समाजले देशलाई दुर्घटनातर्फ धकेलिरहेको उल्लेख गर्दै उनले अबको नेतृत्व युवा पुस्ताले सम्हाल्नुपर्ने धारणा राखेका छन्। देशलाई सङ्कटबाट बचाउन र वास्तविक परिवर्तन ल्याउनका लागि आगामी निर्वाचनमा युवाहरू ज्यान फालेर लाग्नुपर्ने उनको तर्क छ।

काठमाडौँका सडकमा केवल जुलुस निकालेर मात्रै परिवर्तन नआउने भन्दै उनले युवाहरूलाई चुनावी मैदानमै उत्रिएर नेतृत्व लिन आह्वान गरेका छन्। विदेशमा रहेका लाखौँ नेपालीको भावना र अधिकारलाई लत्त्याउँदै राजनीतिक नेतृत्वले केवल सत्ता र शक्ति तानातानमा समय बिताएको भन्दै मन्त्री पुनले यस प्रवृत्तिले मुलुकलाई नराम्रोसँग डुबाउने चेतावनी समेत दिएका छन्।

यस्तो छ पुनको भनाई :

हिजो भएको राजनैतिक पार्टीहरू, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगको ६ घण्टा बसेको छलफलमा विदेशमा बस्ने नेपालीहरूलाई भोट दिन सक्ने व्यवस्था गर्ने प्रस्तावको कुनै निर्णय गरेनन् । नेताहरू र नागरिक समाजको अगुवाहरूले भाषण मात्र छाँटे र ६ महिने सरकारको दोषहरू मात्र देखाए । कुनै पनि समस्याको निकासको लागि सृजनशील र ठोस राय दिन नसक्ने पार्टीहरू, नेताहरू, नागरिक समाज र सरकारले देशलाई डुबाउँछन्। त्यसैले युवा पुस्ताले नेतृत्व समाल्न आगामी चुनावमा ज्यान फालेर लाग्नु पयो । काठमाडौँमा जुलुस निकालेर केही हुनेवाला छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप