जबरजस्ती करणी अभियोगमा पाल्पा र कैलालीबाट दुई जना पक्राउ
सारांश
- प्रहरीले पाल्पा र कैलालीबाट जबरजस्ती करणीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
- पाल्पामा एक महिलालाई करणी गरेको आरोपमा बाग्लुङका एक व्यक्ति पक्राउ परेका छन्।
- कैलालीमा पनि एक महिलालाई करणी गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ । जबरजस्ती करणी गरेको छुट्टाछुट्टै अभियोगमा प्रहरीले पाल्पा र कैलालीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।
पाल्पामा २४ वर्षीया महिलालाई करणी गरेको आरोपमा बाग्लुङ निसि गाउँपालिका घर भई हाल तानसेन नगरपालिका–७ बस्ने ३४ वर्षीय जीवन घर्ती मगर भनिने शेर बहादुर बितालु पक्राउ परेका छन्। पीडित महिलाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो।
यसैगरी, कैलालीमा पनि २४ वर्षीया महिलालाई नै जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले हिरासतमा लिएको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ मनेहरा शिविर बस्ने ३८ वर्षीय झंकु राम डगौरा रहेका छन्। उनले ती महिलालाई करणी गरेको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाउँदै आवश्यक अनुसन्धान सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण