झण्डै ४ लाख थान पासपोर्ट आइपुग्यो
सारांश
- राहदानी विभागमा ३ लाख ९६ हजार थान राहदानी आइपुगेको छ।
- विभागले जिल्ला र इलाका प्रशासनबाट आवेदन दिनेहरूको राहदानी पठाउने तालिका सार्वजनिक गरेको छ।
- मङ्सिर १५ गतेसम्म आवेदन दिनेहरूको राहदानी पुस १५ गतेभित्र पठाइनेछ।
काठमाडौं । राहदानी विभागले थप ३ लाख ९६ हजार थान राहदानी (पासपोर्ट) आपूर्ति भएको जनाएको छ। पासपोर्टको अभाव भएपछि सरकारले अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी ल्याउने सम्झौता गरेको थियो ।
सोही सम्झौता अनुरूपको करिब ४ लाख थान राहदानी विभागमा आइपुगेको हो। नयाँ स्टक आएसँगै विभागले जिल्ला, इलाका प्रशासन तथा विदेशस्थित नियोगहरूबाट आवेदन दिएका सेवाग्राहीका लागि राहदानी पठाउने तालिका पनि सार्वजनिक गरेको छ।
विभागका अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट कार्तिक १५ गतेसम्म आवेदन दिनेहरूको राहदानी यसअघि नै पठाइसकिएको छ। अब मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीहरूको राहदानी भने धमाधम छपाइ गरी यही पुस १५ गतेभित्र सम्बन्धित जिल्लामा पठाइसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।
त्यस्तै, मङ्सिर १५ गतेपछि आवेदन दिनेहरूको राहदानी भने पुस १५ पछि क्रमशः छपाइ गरी पठाइनेछ।
यसैगरी विदेशस्थित नेपाली नियोगहरूबाट आवेदन दिएकाहरूको हकमा भने साविककै हिसाबमा नियमित रूपमा राहदानी छपाइ गरी पठाउने व्यवस्था मिलाइएको छ।
त्यसैगरी, काठमाडौंस्थित राहदानी विभागबाटै द्रुत सेवामार्फत आवेदन दिन चाहने सेवाग्राहीका लागि पर्याप्त अनलाइन अपोइन्टमेन्ट उपलब्ध गराइएको विभागले जनाएको छ। आवेदन दिनेहरूले सामान्यतः २ कार्यदिन भित्र राहदानी प्राप्त गर्ने साविककै व्यवस्थालाई निरन्तरता दिइएको विभागको सोमबार जारी सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण