जाँचबुझ आयोगको निर्णय
पूर्व गृहसचिव दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा
मङ्गलबार, ०८ पुस २०८२, १६ : २१
सारांश
- जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहसचिव गोकर्णमणि दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा गरेको छ।
- आयोगले भदौ २३ र २४ गतेको घटनाहरूको छानबिनका लागि अनुसन्धानका क्रममा उनीहरूमाथि स्थान हद लगाएको थियो।
- आयोगले गृह मन्त्रालयलाई पठाएको पत्रअनुसार, उनीहरूको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरिएको छ।
काठमाडौँ । जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहसचिव गोकर्णमणि दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा गरेको छ ।
आयोगले भदौ २३ र २४ गतेको घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि दुवाडीसहित पूर्व आईजीपी चन्द्र कुवेर खापुङ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि समेत स्थान हद लगाएकोमा मंगलबार फुकुवा गर्ने निर्णय गरेको हो ।
उनीहरूमाथि आयोगले विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न रोक लगाएको थियो । तर, मंगलबार आयोगले गृह मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘पूर्वनिर्णय उपरको कार्य सम्पन्न भइसकेकाले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णयअनुसार अनुरोध छ ।’ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखक लगायतमाथि समेत स्थान हद लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण