निर्वाचन सम्पन्न गर्न सरकारलाई पूर्ण समर्थन र सहयोग गर्ने नेकपाको प्रतिबद्धता
सारांश
- नेकपाले तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकारलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।
- नेकपाका नेताहरूले निर्वाचनलाई राष्ट्रिय आवश्यकताको रूपमा लिँदै मिति सार्न नहुने धारणा राखेका छन्।
- नेकपाले निर्वाचनलाई सफल पार्न र असन्तुष्ट पक्षलाई संवादमा ल्याउन सरकारलाई सहयोग गर्ने जनाएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले घोषित मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकारलाई पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको अनुगमन र छलफलका लागि पुगेको सरकारी वार्ता समितिसँगको भेटमा नेकपाका नेताहरूले निर्वाचनको पक्षमा उभिने निर्णय सुनाएका हुन्।
नेकपाका नेता वर्षमान पुनका अनुसार पार्टीले फागुन २१ को निर्वाचनलाई सफल पार्न सरकारलाई हरदम सहयोग गर्नेछ। छलफलका क्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले निर्वाचन अहिलेको राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै कुनै पनि बहानामा मिति नसार्न सरकारलाई आग्रह गरे।
उनले जनताको तहमा रहेका साना–ठुला राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण वातावरणमा सबैको सहभागिता सुनिश्चित गर्न सरकारलाई सुझाव दिए। अन्य केही दलहरूले उठाइरहेका शान्ति–सुरक्षा सम्बन्धी चासो र गुनासाहरूलाई तत्काल सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।
सरकारका तर्फबाट सहभागी मन्त्रीहरूले विगतका राजनीतिक सङ्कटमा दलहरूलाई एक ठाउँमा ल्याउन प्रचण्डले खेलेको भूमिकाको प्रशंसा गर्दै यस पटक पनि चुनावी माहौल बनाउन र असन्तुष्ट पक्षलाई संवादमा ल्याउन पहल गरिदिन आग्रह गरेका थिए।
जवाफमा नेता पुनले आफ्नो पार्टीले सबै राजनीतिक दलहरूसँग संवाद गरिरहेको र निर्वाचनलाई लोकतान्त्रिक महायज्ञको रूपमा सफल पार्न नेकपा प्रतिबद्ध रहेको बताए। निर्वाचनको वातावरण बनाउन सरकारले देखाएको तत्परतालाई नेकपाले सकारात्मक रूपमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण