सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि...
सारांश
- बालाजुमा सुनचाँदी चोरीमा संलग्नताको आरोपमा एक सुन व्यवसायी पक्राउ परेका छन्।
- पक्राउ परेका व्यक्ति डल्लुस्थित 'सीता ज्वेलर्स'का सञ्चालक हुन्, जसले योजना बनाएर गहना चोरी गरेका थिए।
- प्रहरीले लकाईको साथबाट सुनका विभिन्न गहना बरामद गरेको छ र थप अनुसन्धान जारी छ।
काठमाडौँ । काठमाडौँको बालाजु क्षेत्रमा भएको ठुलो सुनचाँदी चोरी प्रकरणमा एक सुन व्यवसायी नै संलग्न रहेको सनसनीपूर्ण तथ्य खुलेको छ।
प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासस्थित एक घरबाट गहना चोरी गरेको आरोपमा ५४ वर्षीय विकास लकाईलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
दोलखा भीमेश्वर नगरपालिका–७ घर भई हाल डल्लु बस्ने लकाई आफैँमा एक सुन पसलका सञ्चालक हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका लकाई डल्लुस्थित 'सीता ज्वेलर्स' का सञ्चालक हुन्।
अनुसन्धानका क्रममा उनले नै योजनाबद्ध रूपमा बाइपासको घरबाट सुनका विभिन्न गरगहना चोरी गरेको पुष्टि भएको छ। पसल सञ्चालक नै चोरीमा संलग्न भेटिएपछि स्थानीय र व्यवसायी वृत्तमा समेत यसले अचम्म पैदा गरेको छ।
प्रहरीले लकाईको साथबाट चोरी भएका ठुलो परिमाणका गहना समेत बरामद गरेको छ। उनको साथबाट सुनका १४ थान नेकलेस, ९ थान लकेट, ८ थान मङ्गलसूत्र, ५ थान नौगेडी र ३ थान पिस लकेट फेला परेको प्रवक्ता भट्टराईले जानकारी दिए। प्रहरीले ती गहनाको स्रोत र चोरीमा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण