सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
सारांश
- सरकारले निर्वाचनको वातावरण बनाउन रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ।
- सरकारी टोलीले तीन दलका कार्यालयको अनुगमन गर्दै नेताहरूसँग छलफल गर्नेछ।
- मन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिले वार्ता तथा संवादलाई तीव्रता दिएको छ।
काठमाडौँ । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारी टोलीले आज तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो ।
बिहान ११ बजे जनमत पार्टीको कार्यालय अनुगमन गर्ने, १ बजे राप्रपा र ३ बजे रास्वपाको कार्यालय अनुगमनका साथै नेताहरूसँग छलफल गर्ने तालिका रहेको छ ।
उद्योग, पर्यटन र कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र सम्वादलाई तीव्रता दिएर दलहरूकै कार्यालयमा पुगेर वार्ता गरिरहेको उल्लेख गरे। उनले भने,“निर्वाचनको वातावरणका लागि सरकारले चरणबद्ध वार्तालाई निरन्तरता दिएको छ, सरकार इमानदारिताका साथ निर्वाचन गराउन खोजिरहेको भन्दै सन्देश हो र दलहरुलाई सकारात्मक दबाब पनि हो ।”
मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन र राजनीतिक दलहरूलाई पनि यसप्रति केन्द्रित गराउन सरकार दलको कार्यालयमै पुगेर वार्ता र संवाद गरिरहेको उल्लेख गरे ।
सरकारी टोलीले मंगलबार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर अनुगमनका साथै नेताहरूसँग वार्ता गरेको थियो । अनुगमनका क्रममा आज उक्त टोली जनमत, राप्रपा र रास्वपाको कार्यालय पुग्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण