शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

एलिनालाई कलाको प्रश्न – पैसाले भौतिक सुख त किनौली, मनको शान्ति ?

बुधबार, ०९ पुस २०८२, ०८ : ५०
बुधबार, ०९ पुस २०८२

सारांश

  • गायिका कला लम्सालले गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी छिन्।
  • लम्सालले चौहानलाई आफ्नो सिक्री लगाएर अन्तर्वार्ता दिएको र आफूलाई गाली गरेको आरोप लगाएकी छिन्।
  • लम्सालले चौहानसँगको विवादलाई अब बन्द गर्न र शान्ति कायम गर्न आग्रह गरेकी छिन्।

काठमाडौँ । गायिकाद्वय कला लम्साल र एलिना चौहानबिचको विवाद साम्य हुने कुनै संकेत देखिएको छैन । दुबैले एक अर्कालाई विभिन्न आरोप लगाइरहेका छन् । 

यसै क्रममा लम्सालले आज सामाजिक सञ्जालमार्फत चौहानमाथि दर्जनौँ प्रश्न उठाएकी छिन् । अन्तरवार्ताको क्रममा आफ्नो सिक्री लगाएर आफैलाई गाली गरेको प्रसङ्गमा चौहानको नाम नलिए पनि चौहानका समर्थक निरन्तर आफूमाथि खनिएको आरोप लगाएकी छिन् । 

उनले चौहानलाई प्रश्न गर्दै भनेकी छिन्– 'मेरो किड्नी नै किन्न सक्ने पैसा कमाइछौ। भौतिक सुख त किनौली तर मनको शान्ति ?'

यस्तो छ लम्सालको भनाइ

सम्पूर्ण प्रियजनमा हार्दिक नमस्कार। 

कहिलेकाहीँ जिन्दगीले नलिनु पर्ने ठाउँमा परीक्षा लिँदो रैछ। सायद म अहिले त्यही परीक्षा दिइरहेछु। त्यसैले नचाहेर पनि सामाजिक सञ्जाल मार्फत यो अभिव्यक्ति सार्वजनिक गर्न बाध्य भएकी छु।

सामाजिक सञ्जालमा जुवारी खेल्ने न मेरो बानी छ न रहर। तर बारम्बार आफूमाथि उठेका प्रश्नको उत्तर समान मञ्चमा नराखी सुख पाइनँ। आखिर दुख्ने मुटु र रुने मन त मेरो पनि त छ 

सायद यसपछि म यो जुवारी खेल्दिनँ पनि, किनकि सृजनशील कामहरू धेरै छन् जुन मैले यही छोटो जीवनमा सम्पन्न गर्नुपर्नेछ।

सन्दर्भ - केही समयदेखि सामाजिक सञ्जालमा मेरो विषयमा उठिरहेका सवाल र यथार्थको। जसमा गायिका प्रिय बहिनी एलिना चौहानले लगाएको सिक्री र मैले अन्तरवार्तामा उठाएको प्रसङ्ग सँगै सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्ति तथा प्रहारहरू । जुन विशेष गरि संगीतप्रेमी र सामाजिक सञ्जालसँग अभ्यस्त शुभचिन्तकबाट अब टाढा रहेन।

सर्वप्रथम म मेरा सम्पूर्ण साथीहरू, अग्रज, शुभचिन्तक, आफन्त सबैलाई यो पुनः स्मरण गराउन चाहन्छु कि, म विगत २ दशकदेखि नेपाली गीतसङ्गीतमा निरन्तर क्रियाशील छु। बिचमा बाध्यताले केही समय सुस्ताउनु परे पनि आफ्ना सपनालाई पुनर्जीवित गरी पछिल्लो समयमा म पुनः पूर्णरुपमा संगीतमा छु। जसको उदाहरण हुन् मैले पस्किएका र यहाँहरुले नै माया गर्नुभएका धेरै गीतहरू।

जहाँसम्म एलिना बहिनीसँग मेरो सम्बन्ध छ, उनी भन्दा अग्रज भएको नाताले उनको प्रतिभाको उच्च कदर गर्दै उनलाई माया र स्नेह प्रदान गर्न मैले कहिल्यै कन्जुस्याइँ गरिनँ, सायद गर्ने पनि छैन। त्यसको एउटा संयोग  हामीले सँगै अमेरिका यात्रा पनि गर्‍यौँ। जसका कथातर्फ म अहिले प्रवेश गर्न चाहन्न। नत्र कथा विषयान्तर भै अनावश्यक रूपमा लामो हुन जान्छ  ।

जहाँसम्म मैले एक अन्तरवार्तामा "एक जना कलाकारले मेरै सिक्री लगाएर मेरै कुरा गरेको" भन्ने मेरो अभिव्यक्ति छ, त्यसको सन्दर्भमा मैले अमेरिका रहदै बहिनीलाई सिक्री लगाउन दिएको, पछि फर्केपछि फिर्ता लिएको, बहिनीले त्यही सिक्री लगाएर अन्तरवार्ता दिएको यथार्थ सबैसामु घाम जत्तिकै छर्लङ्ग छ। जसको विषयमा (मेरो बिचारमा) बहिनी स्वयं स्पष्ट छिन्। 

अन्तरवार्ता लिने क्रममा प्रश्नकर्ताले "मोबाइल स्क्रोल गर्दै जाँदा के देखेर हाँसो लाग्छ...." भन्ने जिज्ञासा राख्दा मैले हाँसेर त्यो सन्दर्भ उठाएकी थिएँ, जसमा उनको नाम उल्लेख पनि गरेको छैन र "मेरो सिक्री दिइनन्" पनि भनेको छैन र चोरेको हुन पनि भनेकी छैन ।किनकि म हरेक मान्छेलाई  इज्जत गर्छु ।

तर यो विषय त्यतिबेला उत्कर्षमा पुग्यो जतिबेला मैले अर्को एक अन्तरवार्तामा "अब एलिनाको प्रसङ्ग तिर जाउँ" भनें। जब कि त्यसमा न सिक्रीको प्रसङ्ग छ, न मैले उनलाई कुनै दुर्वचन गरेको छु। 

त्यसैको पृष्ठभूमिमा टेकेर एलिना बहिनीमा "मेरो प्रसङ्ग यसरी उठाएर चर्चा कमाउन खोज्दि रैछ र पो सिक्रीको कुरा उठाएकी रैछ" भन्ने भ्रम परेछ। जुन विल्कुल गलत हो। त्यतिबेला युना डिजिटल को  प्रश्नकर्ताले ले  प्रश्न सोध्ने क्रम मा एउटै विषय को प्रश्न पटक पटक सोधिए पछि एलिना को विषय मा प्रश्न छ दिज्जु भन्नुभएको हुनाले मैले निर्दोष रूपमा नै अब कुरा एलिनाको तर्फ मोडै भन्न पुगे , जुन मेरो कुनै गलत नियत बस उनिलाई चोट पुराउनु थिएन एलिना बैनीको नाम बेचेर आफू भाइरल बन्नु थिएन , भाइरल को मोह न हिजो थियो न आज छ, न भोलि नै हुनेछ त्यो पनि अफ लाइन भनेको छु ।तर सम्पादनमा यो विषयमा युना डिजिटलले सार्वजनिक रूपमा नै  आफ्नो ठुलो गल्ती भएको भनेर  भिडियो नै बनाएर क्षमा मागेको कुरा त यत्रतत्र आइरहेको छ। अझै पनि त्यही क्लिपलाई आधार बनाएर बीष बमन गर्नु कत्तिको न्यायोचित हुन्छ? 

यी सबै घटनाबाट के स्पष्ट रूपमा बुझिन्छ र बुझ्नुपर्छ भने-

१. मैले सिक्रीको कुरा गलत आसयले भनेकी थिइनँ, नत उनको नाम नै लिएकी थिएँ। 

२:मैले चाहे सिक्री होस् या अन्य कुनै पनि विषयमा न पहिले न अहिले कतै भन्दै हिँडेकी छैन। मात्रै म प्रति गरिएको प्रहार र दुर्वचनको यथोचित उत्तर दिएकी मात्र छु।

यत्तिको विवाद भएर मेरो मानसिकता र करियरमा नै  एकोहोरो प्रहार भैसकेपछि म बिछिप्त भएकी छु।मैले कुनै हालतमा पनि  भन्न नचाहेका केही कुरा अब भन्नै पर्छ। 

जस्तै: अमेरिकाबाट फर्केपछि मैले सिक्रीको लागि बहिनी एलिना संङ्ग बारम्बार ताकेता गर्दा पनि आफ्नै सामान प्राप्त गर्न नसके पछि मेरो  फिल्ड कै एकजना बहिनी मार्फत निकै गाह्रो गरि लिएकी थिएँ। म पनि स्वयम् कलाकार हुँ। त्यसैले मलाई राम्रोसँग थाहा छ, हामी त्यस्तो व्यस्त पनि हुँदैनौँ कि कसैको त्यति महत्त्वपूर्ण सामान फिर्ता गर्न केही मिनेट समय पनि नहोस्! सिक्री सानै भएपनि सिक्री संङ्ग मेरो भावनात्मक सम्बन्ध जोडिएको थियो, त्यही सिक्री लगाएर म बिरामी भएर आएको अवस्था लाई होच्चाउदै प्रिय बहिनी एलिना ले अन्तर्वार्ता दिरहदा  म अर्को अचम्मित  थिए।तर मौन थिए   त्यति मात्र नभएर म बिरामी अवस्थामा नेपाल फर्किए पछि मेरो बिरामी अवस्थाको खिल्ली उडाउँदै ,अपमान जनक शैलीले  मेरो कुरा काटेको लामो अडियो  सामाजिक सन्जाल भरी सार्वजनिक हुँदा पनि म चुप रही सानी बहिनी नै हुन भनी   एलिना बहिनी प्रति कुनै प्रतिसोध साधिन , सामाजिक संन्जाल भरी भन्दै पनि हिँडिन आज आफू माथि यो सहन नसक्ने गरि हदै सम्म को प्रहार हुँदा नबोली बस्दा यो भ्रम पनि फैलन सक्छ कि कतै कलाकै गल्ती त हैन तर

 बिलकुल होइन ।

अन्ततः अर्को कुरा बहिनीले आवेशमा आएर कुनै मिडियामा मेरो किड्नी किन्न सक्ने क्षमता रहेको बताइछन्। पछि हेरें। 

ए बहिनी ! पैसाले किड्नी किन्न पाइन्न ल ! 

म मेरा सम्पूर्ण प्रियजनमा हार्दिक अनुरोध गर्छु कि- भयो, अब यो कुरालाई मलजल गरेर  थप पीडा दिन बन्द गरिदिनुस म आग्रह गर्दछु ।हामी दुवै जनाले अझ थुप्रै राम्रा गीतहरू यहाँहरू माझ पस्कनुछ। यस्ता कुरामा प्लिज! नअल्झाइदिनुस्।

अन्त्यमा, 

हुनत तीतो लाग्ला। तर दिदीको नाताले भन्छु- मेरो किड्नी नै किन्न सक्ने पैसा कमाइछौ। भौतिक सुख त किनौली तर मनको शान्ति ???!!!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप