सामाजिक सञ्जालको भ्रामक भिडियो हेरेर आफ्नै रगत पिउँदा किशोर अस्पताल भर्ना
सारांश
- मस्कोका एक १७ वर्षीय किशोर सामाजिक सञ्जालमा भ्रामक जानकारीको पछि लागेर बिरामी परे।
- उनले रगतमा हेमोग्लोबिन बढाउने भन्दै सिरिन्जबाट रगत पिएपछि स्वास्थ्य बिग्रिएको थियो।
- चिकित्सकका अनुसार मानव शरीर रगत पचाउन बनेको हुँदैन र यसले स्वास्थ्यमा गम्भीर असर गर्छ।
मस्को । सामाजिक सञ्जालमा देखिने अन्धविश्वास र भ्रामक जानकारीले एक किशोरलाई अस्पतालको शय्यासम्म पुर्याएको छ। रसियाको मस्कोका १७ वर्षीय किशोरले इन्टरनेटमा एउटा भिडियो हेरेपछि रगतमा हेमोग्लोबिन बढाउने आशमा आफ्नै रगत पिउँदा गम्भीर बिरामी परेका हुन्।
आफ्नो शरीरमा आइरनको मात्रा बढाउन र बलियो बन्नका लागि ती किशोरले सिरिन्जको मद्दतले रगत निकालेर पिएका थिए। तर सोचेभन्दा विपरीत केही समयपछि नै उनको स्वास्थ्य बिग्रन थाल्यो। उनलाई लगातार रगत बान्ता हुने, ज्वरो आउने र निकै असहज महसुस भएपछि परिवारले आपत्कालीन सेवालाई खबर गरेका थिए। अस्पताल पुर्याउँदा उनलाई ‘एक्युट पोइजनिङ’ (अत्यधिक विषाक्तता) भएको पाइएको थियो।
चिकित्सकहरूका अनुसार मानव पेट रगत पचाउनका लागि बनेको हुँदैन। डाक्टर आन्द्रे कोन्द्राखिनले मस्को २४ लाई दिएको जानकारी अनुसार रगतमा ठुलो मात्रामा आइरन हुने र यसले पेटमा जलन पैदा गर्ने भएकाले शरीरले यसलाई बाह्य शत्रुको रूपमा लिन्छ। रगतमा हुने प्लाज्मा र हेमोग्लोबिनलाई आन्द्राले सोझै सोसेर आइरनमा बदल्न सक्दैन, बरु यसले उल्टै बान्ता गराउने र स्वास्थ्यमा गम्भीर असर पुर्याउने गर्छ।
ती किशोरको यो हर्कत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको निकै आलोचना र व्यङ्ग्य भइरहेको छ। धेरै प्रयोगकर्ताहरूले विद्यालयमा मानव शरीर विज्ञान नपढाइएको हो भन्दै प्रश्न गरेका छन् भने कतिपयले यसलाई ‘मूर्खताको पराकाष्ठा’ भनेका छन्।
चिकित्सकहरूले इन्टरनेटमा देखिने यस्ता खतरनाक र अवैज्ञानिक कुराहरूको पछि नलाग्न सबैलाई सचेत गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण