‘गोबर गणेश’को शीर्ष गीतमा मरिचमान र वर्षाको नृत्य
सारांश
- फिल्म 'गोबर गणेश'को शीर्ष गीत सार्वजनिक भएको छ, जसमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर रहेको छ।
- गीतले पढाइमा कमजोर व्यक्तिको आत्मविश्वासमा आउने कमी र सामाजिक प्रभावलाई देखाउँछ।
- 'गोबर गणेश' माघ १ गते रिलिज हुने भएको छ, जसलाई बल्छी धुर्वेले निर्देशन गरेका हुन्।
काठमाडौँ । फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ । रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भएपनि चलचित्रको कथा बताउने काम गरेको छ ।
गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ ।
पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रस्ट पार्छ । सबै कुरामा अब्बल हुँदा पनि पढाई मात्रै कमजोर हुँदा त्यसले समाज र साथीभाइबिच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् ।
‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ ९बल्छी धुर्बे०ले निर्देशन गरेका छन् । छायाङ्कन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ ।
चलचित्रमा शिवराम श्रेष्ठको डीओपी र विपिन मल्लको सम्पादन रहनेछ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण