८ सय किलो गाँजासहित एक जना पक्राउ
बुधबार, ०९ पुस २०८२, १२ : ४०
सारांश
- सप्तरीमा ८ सय किलो बढी गाँजासहित एक जना पक्राउ परेका छन्।
- छिन्नमस्ता गाउँपालिका-४ बाट प्रहरीले राजविराजका रामकुमार यादवलाई पक्राउ गरेको हो।
- प्रहरीले को.१ च ९६६५ नम्बरको पिकअप जाँच गर्दा गाँजा फेला पारेको जनाएको छ।
सप्तरी । सप्तरीमा ८ सय किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ बाट करिब ८ सय २४ किलो ६ सय ग्राम गाँजासहित राजविराज नगरपालिका–११ बस्ने २९ वर्षीय रामकुमार यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले को.१ च ९६६५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा ३२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक राम कुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण