बहुदरमाई नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक कालोपत्रे ठेक्का प्रकियामा अनियमितता गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र स्थानीय जनप्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक सञ्जयकुमार साहविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
बहुदरमाई नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा वडा नम्बर २ को बैरिया प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत तथा कालोपत्रेका लागि टेण्डर आह्वान गरेको थियो । सार्वजनिक खरिद ऐन अनुसार उक्त टेण्डरको सूचना राष्ट्रिय वा स्थानीय पत्रिकामा सार्वजनिक गर्नुपर्नेमा आरोपीहरूले मिलेमतो गरी सूचना लुकाएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।
सूचना लुकाउने र आफ्ना नजिककका व्यक्तिलाई ठेक्का पार्ने उद्देश्यले स्थानीय जनप्रतिबिम्ब दैनिक पत्रिकामा सूचना प्रकाशित नै नगरी अभिलेखका लागि मात्र एक प्रति पत्रिकामा नक्कली सूचना छापेको पाइएको अख्तियारको दाबी छ । प्रेस काउन्सिल नेपालको अभिलेख प्रणालीमा रहेको उक्त मितिको पत्रिकाको हार्डकपी र पीडीएफमा कुनै पनि बोलपत्रको सूचना नदेखिएको आयोगको ठहर छ ।
पत्रिकामा सूचना नै नछापी छापेको भन्दै नक्कली बिल भरपाई बनाएर ६५ हजार रुपैयाँ भुक्तानी गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत भएको ठहर गर्दै अख्तियारले मुद्दा दर्ता गरेको हो । आरोपी तीनैजनाविरूद्ध जनही ६५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो मागदाबी गरिएको छ । प्रशासकीय अधिकृत मुस्तफा र सहलेखापाल साहलाई मुख्य कसुरदार र सम्पादक साहलाई मतियारको रूपमा कारबाहीको माग गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण