टर्कीमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला
काठमाडाैँ । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको निजी विमानको ब्ल्याक बक्स टर्कीका अधिकारीहरूले फेला पारेका छन् । उक्त दुर्घटनामा लिबियाली सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दादसहित उनका चार सहयोगीको मृत्यु भएको छ ।
फाल्कन ५० विमानले विद्युतीय प्रणालीमा समस्या आएको भन्दै आपतकालीन अवतरणको अनुरोध गरेपछि सम्पर्क विच्छेद भएको थियो । विमान त्रिपोली फर्कँदै गर्दा अङ्कारा नजिकैको हायमाना जिल्लामा खसेको हो ।
टर्कीका गृहमन्त्री अली येरलिकायाका अनुसार भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर दुवै फेला परिसकेको छ र तिनको परीक्षण प्रक्रिया सुरु गरिएको छ । विमानमा तीन जना चालक दलसहित कुल आठ जना सवार थिए ।
जनरल हद्दाद टर्कीका सैनिक अधिकारीहरूसँग वार्ता सकेर स्वदेश फर्किरहेका थिए । घटनापछि २२ सदस्यीय लिबियाली प्रतिनिधिमण्डल अङ्कारा पुगेको छ भने मृतकका शवहरू दुर्घटनास्थलमै राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण