कार्यसम्पादन समिति बैठक
कांग्रेसले प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने
बुधबार, ०९ पुस २०८२, १६ : ४५
सारांश
- नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीबाट १९ जनाको नाम हटाउने निर्णय गरेको छ।
- पार्टीको कार्यसम्पादन समितिको बैठकले नाम हटाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
- उनीहरूलाई प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रत्यक्षतर्फ उम्मेदवार बन्न दिने निर्णय पनि बैठकले गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १९ जनाको नाम हटाउने निर्णय गरेको बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
उनीहरूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार बन्न दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता डा.महतले बताए ।
पार्टीको निर्णय निर्वाचन आयोगमा बुझाउने र प्रदेशसभाको बन्दसूचीबाट हटाउन पत्र लेख्ने निर्णय भएको उनले बताए । बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण