नाडाको ४९ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडाैँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाले नाडालाई महासंघ बनाउने निर्णय समेत गरेको छ । संस्थाको आन्तरिक सुदृढीकरण बनाउने निर्णय पनि गरेको छ ।
संस्थामा हाल नवीकरण भएका कुल १ हजार ५४८ सदस्यहरूमध्ये १ हजार ४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यस सभाले संस्थाप्रतिको बलियो विश्वास र एकतालाई पुष्टि गरेको छ ।
संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसंगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको नाडाले जानकारी दिएको छ ।
आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्गनिर्देशन पारित गरेको छ ।
त्यस्तै, अटोमोबाइल व्यवसायीहरूबिचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको नाडाले जनाएको छ ।
संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही २०८२ साल पौष २५ गते निर्वाचन गर्ने निर्णय भएको नाडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण