बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने

बुधबार, ०९ पुस २०८२, २० : ०३
बुधबार, ०९ पुस २०८२

सारांश

  • नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय आइस स्केटिङ प्रतियोगितामा भाग लिने भएको छ।
  • प्रतियोगिता भारतको देहरादुनमा पुस १२ देखि १४ गतेसम्म हुनेछ, जसमा ६ नेपाली खेलाडी सहभागी हुनेछन्।
  • नेपाल ओलम्पिक कमिटिका अध्यक्षले यस सहभागितालाई ऐतिहासिक र पदक जित्ने सम्भावनाको रूपमा हेरेका छन्।

काठमाडौँ । नेपालले इतिहासमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । 

भारतीय आइस स्केटिङ संघको आयोजना तथा एसियाली आईस स्केटिंङ महासंघ (एएसयू) र अन्तराष्ट्रिय स्केटिङ महासंघ (आईएसयू) सँगको सहकर्यतामा हुन लागेको सर्ट ट्रयाक स्पिड आइस स्केटिङ प्रतियोगितामा नेपालका तर्फबाट दुई महिला तथा चार जना पुरुष खेलाडीले सहभागिता जनाउन लागेका हुन् ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिंङ संघका अध्यक्ष अच्युत खनालका अनुसार प्रतियोगिता आगामी पुस १२ गते देखि १४ गतेसम्म भारतको देहरादुनस्थित माहाराणा प्रताप स्पोर्ट्स कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आइस स्केटिङ रिंक सेन्टरमा आयोजना हुँदै छ ।

प्रतियोगितामा नेपालबाट सिनियर पुरुष तर्फको १ हजार मिटरमा रमेश मोक्तान र अरुण खत्वे, त्यस्तै जुनियर महिला तर्फको ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे र पुरुष जुनियर २५० मिटरमा जेभियर जंग थापा र सायोन अर्यालले भाग लिने निश्चित भएको छ ।

त्यस्तै उक्त प्रतियोगितामा टिम म्यानेजरका रूपमा सन्जु श्रेष्ठ तथा अफिसियलमा संघका महासचिव सत्य थापाले सहभागिता जनाउनेछन् ।

सो प्रतियोगितामा सहभागी हुन जान लागेको नेपालि स्केटिंङ खेलाडीहरुको टिमलाई बिदाई गर्दै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष्य जीवनराम श्रेष्ठले यस ऎतिहासिक सहभागिता नेपालको लागि खुसीको कुरा रहेको बताउदै शीतकालीन ओलम्पिक खेलको रुपमा रहेको आईस स्केटिंङ खेल नेपालका लागि भूगोल सुहाउँदो खेल भएकोले यस खेलबाट नेपालले मेडल जित्ने बिश्वास व्यक्त गर्नु भयो । स्मरणिय छ नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघ अन्तराष्ट्रिय स्केटिंङ महासंघको निवेदक राष्ट्रिय संघ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप