विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
बुधबार, ०९ पुस २०८२, २१ : ३५
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ चिकित्सकसहितको टोलीले भक्तपुरमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण शिविर सुरु गरेको छ ।
आजदेखि सुरु भएको शिविर यही पुस ११ गतेसम्म सञ्चालन हुने शिविरमा नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको मुटुरोगको प्रारम्भिक परीक्षण सुरु गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।
शिविरमा भक्तपुरका ३५ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण हुने जनाइएको छ । नगरपालिकाले च्यामासिंहस्थित बागीश्वरी कलेज, न्यातापोल सेकेण्डरी स्कुल, बागेश्वरी माध्यमिक विद्यालय र खोप्रिङ इङ्लिस एकेडेमीमा विद्यार्थीहरूको मुटु परीक्षण भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण