लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
सारांश
- दुर्घटनाग्रस्त लिबियाली विमानको ब्ल्याक बक्स फेला परेको छ।
- विमानमा प्राविधिक गडबडी आएको र आपतकालीन अवतरणको प्रयास गरिएको थियो।
- ब्ल्याक बक्सको विश्लेषणका लागि तटस्थ देशमा पठाइनेछ।
काठमाडौँ । लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित केही व्यक्ति चढेको दुर्घटनाग्रस्त एक निजी जेटबाट बुधबार ‘ककपिट भ्वाइस रेकर्डर’ र ‘ब्ल्याक बक्स’ फेला परेको टर्कीका अधिकारीहरूले बताएका छन् ।
टर्कीको राजधानी अङ्काराबाट उडेको केही मिनेटपछि नै फाल्कन ५० विमानमा विद्युतीय खराबीका कारण आपतकालीन अवतरणका लागि अनुरोध गरिएको टर्कीका अधिकारीहरुले बताएका छन् । विमान त्रिपोली फर्किरहेको थियो ।
टर्कीका सुरक्षाकर्मीले अंकारा नजिकै हेमाना जिल्लामा उक्त भग्नावशेष फेला पारेका हुन् ।
दुर्घटनास्थलमा सञ्चारकर्मीहरू जानकारी दिँदै गृहमन्त्री अली येर्लिकायाले विमानको भ्वाइस रेकर्डर र ब्ल्याक बक्स भेटिएको र यस उपकरणको परीक्षण र मूल्याङ्कन प्रक्रिया सुरु भइसकेको बताए ।
टर्कीका यातायात मन्त्री अब्दुलकादिर उरालोग्लुले एक्समा जारी एक विज्ञप्तिमा भनेका छन् , “विमान दुर्घटनाको कारण पत्ता लगाउन ‘भ्वाइस रेकर्डर’ र ‘फ्लाइट डाटा रेकर्डर’को विश्लेषणका लागि ती उपकरणलाई तटस्थ देशमा पठाइनेछ ।
उनले भने, “यी निष्कर्षहरू पूर्ण पारदर्शिताका साथ टर्की, लिबियालगायत सम्पूर्ण विश्वमाझ साझा गरिनेछ।”
लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दाद अन्य चार सहयोगीसहित टर्कीका सैनिक अधिकारीसँग अंकारामा वार्ता गरी त्रिपोली फर्किरहनुभएको थियो । विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण