एपस्टाइन मुद्दासँग सम्बन्धित अरू दस लाख कागजात भेटिए
सारांश
- अमेरिकी अधिकारीहरूले जेफ्री एपस्टाइनसँग सम्बन्धित दस लाखभन्दा बढी कागजात फेला पारेका छन्।
- न्याय मन्त्रालयले कागजातहरू जारी गर्न कानुनी सम्पादन र समीक्षा गरिरहेको छ।
- एपस्टाइनका फाइलहरू समयमै जारी नगरेको भन्दै मन्त्रालयले आलोचना खेपेको छ।
वासिङ्टन डीसी । अमेरिकी अधिकारीहरूले दिवङ्गत बाल यौन दुराचारी जेफ्री एपस्टाइनसँग सम्बन्धित सम्भावित दस लाख भन्दा बढी कागजातहरू पत्ता लगाएका छन् । यी कागजात आगामी दिन र हप्ताहरूमा जारी गर्ने योजना बनाइएको अधिकारीहरूले भनेका छन् । न्यूयोर्कका एफबीआई र संघीय अभियोजकहरूले न्याय मन्त्रालय (डीओजे)लाई यस खोजको बारेमा जानकारी गराएका छन् ।
'पीडितहरूलाई सुरक्षा दिन कानुनी रूपमा आवश्यक सम्पादन र समीक्षा गर्न वकिलहरुले चौबीसै घण्टा काम गरिरहेका छन्, र हामी सकेसम्म चाँडो कागजातहरू जारी गर्नेछौं,' मन्त्रालयले बुधबार भन्यो। सबै फाइलहरू जारी हुन केही हप्ता लाग्न सक्ने। बताइएको छ। नयाँ कानुन अन्तर्गत तोकिएको समयसीमा १९ डिसेम्बरसम्म एपस्टाइनका सबै फाइलहरू जारी नगरेपछि मन्त्रालयले आलोचना खेपिरहेको छ।
एजेन्सीले 'संघीय कानुन र राष्ट्रपति ट्रम्पको फाइलहरू जारी गर्ने निर्देशनको पूर्ण पालना गर्न जारी रहने' बताएको छ।थप सामग्री कसरी फेला पारे भन्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छैन। न्यूयोर्कको जेलमा मुद्दाको पर्खाइमा मृत्यु हुँदा एपस्टाइनले नाबालिगहरूलाई यौन बेचबिखनमा प्रयोग गरेको आरोप खेपिरहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण