प्रभाकरको ‘धोका’मा आयुष्मा र सिद्धार्थको केमेस्ट्री
सारांश
- रङ्गकर्मी प्रभाकरदेव शर्माको शब्द, सङ्गीत र स्वर रहेको गीत 'धोका' सार्वजनिक भएको छ।
- गीतमा प्रेममा असफल भएका प्रेमीहरूको कथा र प्रेम बिछोडका पीडाहरू व्यक्त गरिएको छ।
- भिडियोमा आयुष्मा कार्की र सिद्धार्थ सिलवालको अभिनय रहेको छ, र यसको निर्देशन शर्माले नै गरेका हुन्।
काठमाडौँ । कमैलाई थाहा होला रङ्गकर्मी प्रभाकरदेव शर्मा गीतकार, गायक र सङ्गीतकार समेत हुन् । बेला बेलामा उनका गीत साङ्गीतिक बजारमा भित्रिँदै आएको छ । यस्तै शर्माको शब्द, सङ्गीत स्वर रहेको गीत ‘धोका’ सार्वजनिक गरिएको छ । नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार हुन् ।
लेखक तथा निर्देशक समेत रहेका उनले प्रेममा असफल प्रेमीहरूमा समर्पित गर्दै यो गीत ल्याएका हुन् । गीतमा एरेन्ज सुयोग सोताङले गरेका छन् ।
श्याड भर्सनमा तयार गीतको शब्दमा प्रेम बिछोडका पीडाहरू व्यक्त गरिएका छन् । शर्माले गीतमा ड्रामा पनि समेटेका छन् । गीतको आकर्षक भिडियो पनि बनेको छ । भिडियोमा एक साधारण परिवारको केटालाई प्रेम परेको दश वर्षपछि प्रेमीकाले गरिब भएको भन्दै आमाबुबाको करकापमा धोका दिएको कथा देखाइएको छ । भिडियो सामान्यतय भन्दा फरक र मार्मिक छ ।
भिडियोमा प्रेम जोडीको रुपमा मोडल आयुष्मा कार्की र सिद्धार्थ सिलवाल देखिएका छन् । मदन थापा, सुवासचन्द्र सिलवाल र शीतल ठकुरीको पनि भिडियोमा अभिनय देख्न सकिन्छ । कलाकार शर्माकै निर्देशक रहेको भिडियोमा विशाल केसी र बुलेटको छायाङ्कन छ भने सम्पादन विशाल केसी र दिल श्रीपाल रहेका छन् । भिडियो हिल्स होम थेटर एन्ड प्रोडक्सनको युट्युबबाट सार्वजनिक भएको हो ।
शर्मामा यसअघि पनि थुप्रै गीत सार्वजनिक भैसकेका छन् । ‘म पागल सरी तिमीलाई माया गरिरहन्छु’, ‘कुनै मन्दिरको पुजारी जस्तो पूजा गरिरहन्छु’, ‘आज मलाई कोही नरोक’ लगायतका गीत चर्चामा रहन सफल छन् । ‘घर हाम्रो नेपाल, जात हाम्रो नेपाली’ यो चर्चित राष्ट्रिय गीतका शब्द पनि शर्माले नै कोरेका हुन् । विगत ४ दशकदेखि कलाको थुप्रै विधामा क्रियाशील शर्मा पछिल्लो समय फिल्म निर्देशन तयारी गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
-
अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँसम्म घट्यो, उपभोक्ताका लागि घटेन
-
शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकहरूकाे कति रकम जाेगियाे ?
-
उज्बेकिस्तानकी पूर्वमोडलको खुलासाः जेल सजायका बेला पनि एप्स्टिनले यौनशोषण गरिरहे
-
१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण