राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
बिहीबार, १० पुस २०८२, १४ : ४९
सारांश
- राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।
- बैठक सुकेधारामा बस्ने र राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणासभाबारे छलफल हुनेछ।
- राजेन्द्र लिङ्देन र कमल थापाले पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
काठमाडौँ । राप्रपा नेपालले आगामी पुस १५ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक दिउँसो १ : ०० बजे नवदुर्गा पार्टी प्यालेस सुकेधारामा बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार राप्रपा र राप्रपा नेपालबिच पुस १६ गते हुने ‘पार्टी एकता घोषणासभा’ लाई बनाउने विषयमा बैठक केन्द्रित हुनेछ । राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता गर्ने सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो हस्ताक्षर गरेका थिए ।
महामन्त्री बर्तौलाका अनुसार केन्द्रीय समितिको बैठकमा अध्यक्ष थापाले पार्टी सञ्चालनका क्रममा पाएको सहयोग र सदभावका निमित्त सबै नेताहरूमा धन्यवाद सहित आभार व्यक्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण