राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
काठमाडौँ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । यही पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न पाँच टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब सहभागी हुने जानकारी दिए ।
नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता टोलीलाई रु पाँच लाख प्रदान गरिनेछ । त्यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार प्राप्त गर्नेछ भने तेस्रो हुनेले रु एक लाख २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई रु ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही रु २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
उक्त नवौँ संस्करणको उद्घाटन समारोहमा एक जना राष्ट्रिय खेलाडीलाई रु ५० हजार नगदसहित शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित गरिनेसमेत आयोजकका अध्यक्ष खड्काले बताए । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ४० लाख लाग्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण