वैकल्पिक नयाँ शक्तिहरूलाई एकताबद्ध गराउँछाैँ : कुलमान घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गराउने कामको नेतृत्व आफूहरूले लिने बताएका छन् ।
बिहीबार त्रिपुरेश्वरमा उज्यालो नेपाल पार्टीको पार्टी कार्यालयको उद्घाटन समारोहमा बोल्दै घिसिङले यस्तो बताए । उनले आगामी दिनमा देशलाई समृद्ध बनाउन नयाँ पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको दाबी गरे ।
उनले भने,‘ त्यसतर्फ सम्पूर्ण नयाँ शक्तिहरू,व्यक्तित्वहरू, जसले यो देशमा केही गरौँ भनेर लागि रहेका छौँ । व्यक्ति,समूह,पार्टीहरू अगाडि बढ्नु पर्छ । त्यो नै आजको आवश्यकता हो । त्यसले नयाँ नेतृत्व स्थापित गर्दै अघि बढ्नुपर्छ । त्यसको उज्यालो नेपालले नेतृत्व लिएर अघि बढ्छ ।’
उनले आम मानिसहरूले नयाँ शक्तिहरू एक भएर अघि आउनुको विकल्प नभएको बताए । उनले अहिले देश परिवर्तनको विन्दुमा रहेको भन्दै निर्वाचन मार्फत देशमा नेतृत्व परिवर्तन गर्ने अवस्थामा आएको बताए । उनले देशलाई समृद्धिको बाटोमा डोर्याउने महान् अभियानमा जनताको चाहना अनुसार अघि बढ्नु पर्ने बताए ।
उनले उज्यालो नेपालले एक महिनामा धेरै ठुलो संरचना र सङ्गठन बनाएको उल्लेख गरे । उनले पार्टी कार्यालयको उद्घाटन मात्रै भएको होइन देशको भविष्य कोर्ने काम सुरु भएको बताए ।
आगामी फागुन २१ गते जसरी पनि निर्वाचन हुने बताए । उनले आगामी निर्वाचन चुनावका रुपमा मात्रै नभएर नयाँ शक्तिहरु उदयको प्रस्थान विन्दु बन्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण