कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग
सारांश
- नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन बोलाउन माग गरेको छ।
- पार्टीको बैठकले प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रियसभाको बैठक आवश्यक रहेको निष्कर्ष निकालेको छ।
- बैठकले दिवंगत नेताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग गरेको छ । बिहीबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सम्बन्धित निकायसँग माग गर्न अध्यक्ष नारायणप्रसाद दाहाललाई आग्रह गर्ने निर्णय गरेको हो ।
दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकको निर्णयमा लेखिएको छ, ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको अवस्थामा जनताका आवाजहरू उठाउने सार्वभौम सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा मात्र कायम रहेको हुँदा राष्ट्रियसभाको बैठक बस्न आवश्यक भएकोले अविलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय अध्यक्षज्यूलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ ।’
त्यस्तै, बैठकले पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य गणेशबहादुर खड्का, पूर्व उद्योगमन्त्री एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डिराज शास्त्री, नेपाली कांग्रेस बागलुङका पूर्व जिल्ला सभापति एवं नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा कँडेल, संविधानसभा सदस्य माननीय रामअयोध्याप्रसाद यादव, वरिष्ठ राजनीतिज्ञ एवं पूर्वमन्त्री अच्युतराज रेग्मी, पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधानसभा सदस्य माननीय खड्गबहादुर बस्याल,नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ऋषिकेश गौतम, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहम्मद आफ्ताव आलम, राष्ट्रियसभाका पूर्व सदस्य एवं नेपाल महिला सङ्घ चितवनकी पूर्व अध्यक्ष प्रजातन्त्र सेनानी कृष्णकुमारी श्रेष्ठ र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण