माओवादीले पुस २० गतेदेखि संघर्षका कार्यक्रम गर्ने
काठमाडौँ । नेकपा माओवादीले पुस २० गतेदेखि मेची–महाकाली युवा अभियान चलाउने निर्णय गरेको छ । काठमाडौँको बुद्धनगरमा बिहीबार बसेको केन्द्रीय समितिको विशेष बैठकले मेची–महाकाली अभियान सहित विभिन्न संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले देशमा विदेशी साम्राज्यवादी हस्तक्षेप बढेको निष्कर्ष निकाल्दै देशव्यापी संघर्षको कार्यक्रम गर्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
‘देशमा साम्राज्यवादी विदेशी हस्तक्षेप बढेको छ । फागुनमा हुने चुनावले समस्याको निकास दिँदैन । भ्रष्टाचार, बेथिति अन्त्य गरी नव दलाल, विदेशी हस्तक्षेप अन्त्य गर्न नयाँ विचार र नयाँ रोडम्याप चाहिएको छ । त्यसका लागि नेकपा माओवादीले स्पष्ट खाका पेस गर्छ’, उनले भने ।
अहिलेको सरकारले समस्याको निकास नदिने भएकाले सुशासन, संविधान पुनर्लेखन लगायत विषयमा संघर्ष गर्नुपरेको विश्वकर्माले स्पष्ट पारे ।
यस्तो छ तीनबुँदे निर्णय
१. सम्राज्यवादी विदेशी हस्तक्षेप विरुद्ध पुस २० गतेदेखि मेची–महाकाली युवा अभियान झापा र कञ्चनपुरबाट सुरु गर्ने । चितवन वा बुटवलमा आएर सभामा परिणत हुने ।
२. पुस अन्तिमबाट नवदलाल र साम्राज्यवादीविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलन हुने ।
३. माघ २० गतेबाट देशव्यापी जनपरिचालन र सभासहित । संघर्षको कार्यक्रम सञ्चालन गर्ने । साथै सांस्कृतिक अभियान चलाउने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण