नाग्म–गमगढी मार्गमा सात पुल निर्माण
जुम्ला । नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ । नाग्म–गमगढी सडकखण्डको ९३ किलोमिटर क्षेत्रमा तीन पक्की पुल निर्माण गर्न अझै बाँकी छ ।
जग्गा विवादका कारण तीन पुल निर्माण गर्न ढिला भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधारीले जानकारी दिए । पुल निर्माण हुने स्थानमा स्थानीयवासीको जग्गा परेको छ । सरकारले जग्गाको मुआब्जा दिने गरेको छैन । “बारम्बार जग्गाधनीसँग छलफल गर्दा निश्कर्षमा पुग्न सकिएको छैन । मुआब्जा दिनसके समस्या समाधान हुन्छ”, उनले भने ।
हिमा गाउँपालिका जोड्ने पुल पनि जग्गा विवादका कारण निर्माण कार्य रोकिएको छ । कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाको पुल घरटहराका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन । मुगुको लुम्स पुल निर्माण घर तथा जग्गाका कारण रोकिएको प्रमुख चौधरीले बताए ।
स्थानीय सरकारलाई सहजीकरणका लागि आग्रह गरिएको छ । विवादका कारण तीन वर्षदेखि पुल निर्माणमा ढिलाइ भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा पुल निर्माण गर्न रु ४० लाख विनियोजन गरिएको प्रमुख चौधरीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण