आर्थिक विकासका लागि व्यवसायमैत्री कानुन आवश्यक छ: उपसभामुख
सारांश
- उपसभामुख इन्दिरा रानाले आर्थिक विकासका लागि व्यवसायमैत्री कानुन आवश्यक रहेको बताइन्।
- उनले पुरानो कानुनले विकास नहुने र नयाँ कानुन बनाउनुपर्ने धारणा राखिन्।
- फेसियल हाउसकी सञ्चालकले राजनीतिक स्थिरता र सरकारको सकारात्मक नीतिको महत्त्व बताइन्।
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले मुलुकको आर्थिक विकासका लागि व्यवसायमैत्री कानुन आवश्यक रहेको बताएकी छिन् । फेसियल हाउसको १८औँ वार्षिकोत्सव तथा कर्मचारी सम्मान कार्यक्रममा उनले व्यवसाय र उद्योग फस्टाउनका लागि व्यवसायमैत्री कानुन निर्माण गर्नुपर्ने बताइन् ।
“पुरानो ऐन र कानुनले मुलुकको विकास हुन सक्दैन, युगअनुसारको कानुन निर्माण गरेर अहिले मुलुकमा देखिएको नैराश्यलाई मेट्न लाग्नुपर्छ”, उनले भनिन् । उपसभामुख रानाले मुलुकको विकास राजनीति गर्नेले मात्र गर्न नसक्ने भन्दै यो मुलुक निर्माणका लागि सबैको दायित्व रहेको बताइन् ।
फेसियल हाउसकी सञ्चालक सुष्मा महराले मुलुकमा राजनीतिक स्थिरता भए मात्र व्यवसाय फस्टाउन सक्ने बताइन् । व्यवसायप्रति सरकारको सकारात्मक दृष्टि रहेमा आर्थिक विकासले लय लिने उनको भनाइ थियो ।
फेसियल हाउसले अहिले देशभर १२ शाखा स्थापना गरी २०० भन्दा बढी युवालाई रोजगारी प्रदान गर्दै आएको छ । हाउसको वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण