शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेकपाद्वारा रुकुम पूर्वमा प्रतिनिधि सभाको लागि ९ जनाको नाम  सिफारिस

शुक्रबार, ११ पुस २०८२, ११ : ०१
शुक्रबार, ११ पुस २०८२

सारांश

  • नेकपा रुकुम पूर्वले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि ९ जनाको नाम सिफारिस गरेको छ।
  • प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ गणेशमान पुन, दलजित शेर्पाली लगायतका नेताहरूको नाम सिफारिस गरिएको छ।
  • समानुपातिक तर्फ सुनिता बुढा, दीपेन्द्र छन्त्याल लगायत ५ जनाको नाम सिफारिस गरिएको छ।

बुटवल । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका नेपाली कम्युनिस्ट पार्टी रुकुम पूर्वले नाम सिफारिस गरेको छ । नेकपा रुकुम पूर्वको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष उम्मेदवार तर्फ ९ जनाको  सिफारिस गरेको हो। 

साबिक नेकपा माओवादी जिल्ला संयोजक कुमारी बराल गौतमका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ गणेशमान पुन, दलजित शेर्पाली, तेजबहादुर ओली, जितमान पुन, सुबोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सिर्जना कार्कीको नाम  सिफारिस गरिएको छ ।

नेकपा रुकुम पूर्वमा १ जनामा सहमति हुन नसकेपछि ९ जनाको नाम केन्द्रमा पठाइएको बताएको छ ।जिल्ला पार्टीको बैठकमा १५ जनाले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ दाबी  गरेका थिए। पछि जिल्ला कार्यालयको बैठकमा १५ जनाबाट ९ जनामा झारेको हो । 

प्रतिनिधिसभा सदस्य तर्फ उम्मेदवारका दाबेदारमा गणेशमान २०७० मा प्रतिनिधिसभामा निर्वाचित भई मन्त्री  नेता हुन् । यसैगरी तेजबहादुर २०७४ मा  लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद  हुन्। हाल पार्टीको केन्द्रीय सदस्य हुन् । जितमान २०७४ मा नयाँ शक्ति पार्टी देखि प्रतिनिधिसभा सदस्यमा पराजित हाल नेकपामा प्रवेश गर्नु भएकोमा केन्द्रीय सदस्य हुन् ।

 यसै गरी प्रतिनिधि सभा समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस गरिएको छ । सुनिता बुढा (महिला) दीपेन्द्र छन्त्याल (अल्पसङ्ख्यक), टिकाराम उपाध्याय अन्य हर्कबहादुर कामी (दलित) र उपेन्द्रलाल कामी दलितबाट समानुपातिक तर्फ उम्मेदवारको सिफारिस  भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप