रास्वपामा बालेनको ‘पावर ब्यालेन्स’ बारे छलफल
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच एकताको लागि पावर ब्यालेन्सबारे छलफल भइरहेको छ।
- दुवै पक्षका दोस्रो तहका नेताहरूबीच छलफल जारी छ, र मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने पनि छलफलमा बस्नेछन्।
- बालेनको टिमले रास्वपाको आलोपालो प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको छ, तर अन्य विषयमा सहमति जुट्ने संकेत देखिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बिच एकता हुँदा हुने पावर ब्यालेन्सबारे दुवै पक्ष छलफलमा जुटेका छन् ।
‘रास्वपाले प्रधानमन्त्री प्रस्ताव गरेको हो । त्यसपछि पार्टी नै एक हुने हो भने पावर ब्यालेन्सको कुरा भइहाल्छ । त्यसमा छलफल भइरहेको छ,’ बालेन निकट एक स्रोतले भन्यो । ‘बेलुकासम्म निचोड आउँछ । अहिले दुवै पक्षको दोस्रो तहका साथीहरू काम गरिरहनुभएको छ । आजको नगरसभा सक्ने बित्तिकै मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने पनि छलफलमा बस्छन्’ उनले भने ।
स्रोतका अनुसार रास्वपाका तर्फबाट उपसभापति डा.स्वर्णिम वाग्ले र शिशिर खनाल छलफलमा छन् भने बालेनका तर्फबाट सचिवालय प्रमुख भूपदेव शाह र सल्लाहकार कुमार बेन सहभागी छन् ।
बालेन निकट स्रोतका अनुसार धेरै विषयमा लगभग सहमति भइसकेको छ । ‘प्रधानमन्त्री बालेन बन्दै गर्दा रास्वपाको कुन पावरमा बालेन बस्ने हो । त्यसले भोलि ठुलो पार्टी हुँदा पावर एक्ससाइजमा समस्या हुनसक्छ । त्यही भएर अहिले नै त्यो कुरा क्लियर गरेर जाने हो,’ उनले भने ।
बाहिर चर्चामा बालेन र रविको आलोपालो भन्ने विषयमा रास्वपाको प्रस्ताव रहे पनि त्यसलाई बालेनको टिमले अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण