समाचार
प्रभु बैंकका सीईओ शेरचनलाई रिहा गर्ने निर्णय
शुक्रबार, ११ पुस २०८२, १५ : ३८
सारांश
- प्रभु बैंकका सीईओ अशोक शेरचनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय भएको छ।
- विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई रिहा गर्न निर्णय गरेको हो।
- शेरचन मंसिर १४ गते पक्राउ परेका थिए र २७ दिनपछि रिहा भएका हुन्।
काठमाडौँ । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो ।
विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको जानकारी दिइन् ।
‘उहाँलाई अब म्याद थप नगर्ने निर्णय भएको हो । उहाँलाई हाजिरी जमानीमा रिहा हुनुहुनेछ’ उनले भनिन् ।
उनी मंसिर १४ गते पक्राउ परेका थिए । २७ दिनको हिरासत बसाइँपछि उनी रिहा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण