२१ दिनमा १ हजार करोड नाघ्यो ‘धुरन्धर’ को कलेक्सन
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धर' ले बक्स अफिसमा १ हजार करोड कमाएको छ।
- 'धुरन्धर' १ हजार करोड क्लबमा प्रवेश गर्ने चौथो बलिउड फिल्म बनेको छ।
- फिल्मले २१ दिनमा यो आँकडा पार गरेको छ, र यसको विश्वव्यापी कलेक्सन १००६ करोड ७० लाख भारु पुगेको छ।
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंहको ‘धुरन्धर’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । फिल्मले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । फिल्म १ हजार करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले २१ दिनमा यो आँकडा पार गरेको हो ।
धुरन्धरले २१ दिनमा १ हजार करोडको आँकडा पार गरेको फिल्मका निर्माताहरूले भनेका छन् । निर्माताहरूका अनुसार २१ दिनमा फिल्मको कुल विश्वव्यापी कलेक्सन १००६ करोड ७० लाख भारु पुगेको छ । फिल्मले पहिलो हप्तामा २१८ करोड कमाएको थियो । दोस्रो हप्तामा यसको कमाई २६१ करोड ५० लाखमा उक्लियो ।
फिल्मले १५ देखि २० दिनको बिचमा अर्को १६० करोड ७० लाख कमाएको छ । क्रिसमसको दिनमा मात्रै यसले २८ करोड ६० लाख भारु कमायो । भारतमा फिल्मको कुल कलेक्सन ६६८ करोड ८० लाख भारु पुगेको छ ।
१ हजार करोड क्लबमा सामेल हुने चौथो बलिउड फिल्म
धुरन्धरको लागि यो एउटा महत्त्वपूर्ण उपलब्धि हो । फिल्म १ हजार करोड क्लबमा सामेल हुने चौथो हिन्दी फिल्म बनेको छ । यसअघि तीन बलिउड फिल्महरू दङ्गल, पठान र जवानले मात्रै यो सफलता हात पारेका थिए ।
जापानमा रिलिज हुन लागेकोले एनिमल चाँडै नै यो सूचीमा सामेल हुने अपेक्षा गरिएको छ । अहिलेसम्म एनिमलको विश्वव्यापी कलेक्सन ९१५ करोड भारु छ ।
आदित्य धरद्वारा निर्देशित
आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’ जासुसी थ्रिलर फिल्म हो । फिल्म सत्य घटनाहरूबाट प्रेरित रहेको छ । फिल्ममा रणवीर सिंहसँगै अक्षय खन्ना, आर माधवन, अर्जुन रामपाल, सञ्जय दत्त, सारा अर्जुन र राकेश बेदी पनि मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण