कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु
सुदूरपश्चिम । कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्याएर आएका तेस्रो मुलुकका यात्रुको आवागमन एक वर्षदेखि रोकिएको छ । गौरीफन्टा नाका हुँदै आवागमन गर्ने तेस्रो मुलुकका नागरिकलाई आवागनमा सीमापारी भारतीय पक्षले रोक लगाएसँगै कार्यालयको काम पनि रोकिएको हो ।
कार्यालयका सूचना अधिकारी शान्ति बुढाले भनिन्, “गौरीफन्टास्थित भारतीय अधिकारीले आफूहरूसँग साधनस्रोत नभएको भनेर गत वर्ष जनवरी(पुस)देखि तेस्रो मुलुकका यात्रुको आवागमनको काम रोकेको छ । उक्त काम रोक्दा गौरीफन्टा पुग्ने पाहुनाले गन्तव्यतर्फ जान नपाएर समस्या भइरहेको छ ।”
उनका अनुसार यहाँस्थित अध्यागमन कार्यालयले अध्यागमनसम्बन्धी व्यवस्थापन तथा सेवा प्रवाहलाई यथावत् राखे पनि सीमापारी पुग्ने यात्रुलाई आवागमन गर्न दिइएको छैन । आवागमनका लागि गौरीफन्टा नाका प्रयोग गर्न नपाएपछि यात्रुले कञ्चनपुरको गड्डाचौकी सीमानाका प्रयोग गर्न थालेका उनले जानकारी दिइन् ।
गौरीफन्टामा आवागमन रोकिँदा कैलाली अध्यागमन कार्यालयको राजस्व सङ्कलन पनि प्रभावित भएको सूचना अधिकारी बुढाले बताइन् । साथै यो नाका प्रयोग गर्दै आएका यात्रुलाई अन्य नाका प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । उनका अनुसार कार्यालयले विदेशी नागरिकको भिसाको म्याद थपिदिने, वैवाहिक भिसा दिनेलगायत सेवा उपलब्ध गराउँदै आएको छ ।
“कार्यालयको सन् २०२४ को वार्षिक तथ्याङ्कका अनुसार यो नाका हुँदै तेस्रो मुलुकका ३० नागरिक भित्रिएकामा ३२ नागरिक बाहिरिएका थिए । त्यसपछि भने काम रोखिएको छ”, सूचना अधिकारी बुढाले भनिन् । अध्यागमन व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी रहेको अध्यागमन विभागअन्तर्गत प्रवेश तथा प्रस्थान विन्दुमा अध्यागमन कार्यालय सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण