ताप्लेजुङ र इलामबाट नेकपाका झलनाथदेखि खेलप्रसादसम्म उम्मेदवार सिफारिस
विराटनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले ताप्लेजुङ र इलाम जिल्लाबाट उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ ।
दुवै जिल्लाका स्थानीय कमिटीहरूले छलफल गरी प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभाका लागि सम्भावित उम्मेदवारहरूको टुङ्गो लगाएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ खेलप्रसाद बुडाक्षेत्री ‘पराग’ लाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
त्यस्तै, राष्ट्रिय सभातर्फ खुला कोटामा पर्शु कार्की र समावेशी क्लस्टर तर्फ नेत्र नेपालीको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ भने पार्टीले रामचन्द्र पोमु, दावा छिरिङ शेर्पा, कल्पना तुम्बाहाङ्फे र असीम आङबुहाङलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी इलामले पनि फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनका लागि उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ । फिक्कलमा विजय खम्बुको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ पूर्वप्रधानमन्त्री झलनाथ खनाल, खिनु लङवा, रणबहादुर राई, तेजबहादुर राई र विपिन पोख्रेलको नाम सिफारिस भएको छ । यस्तै, क्षेत्र नम्बर २ का लागि ओम गुरुङ, शान्ता बस्नेत, प्रवास शर्मा आचार्य, सुरेन राई (मिसन) र नयन राईको नाम सिफारिस गरिएको छ ।
इलामबाट समानुपातिकतर्फ झलनाथ खनाल (खस आर्य), हर्क लावती ‘कान्छा’ (आदिवासी जनजाति), भक्त लुङेली, टेकबहादुर राई, लालबहादुर सुब्बा, लक्ष्मण घतानी (दलित) र सावित्रीदेवी राई (महिला)को नाम सिफारिसमा परेको छ ।
राष्ट्रिय सभाका लागि भने भक्त केसी, सावित्रा गड्तौला, चित्रकला बराइली, दीपक सिन्चिउरी र सावित्रा पोख्रेलको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण