विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा आज तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला काठमाडौँ चन्द्रागिरि–४ बस्ने ३७ वर्षीया ममता श्रेष्ठ, काभ्रेपलाञ्चोक पाँचखाल–६ बस्ने ३० वर्षीय सरोज पोख्रेल तथा दोलखा भिमेश्वर–७ का ४९ वर्षीय डम्बरबहादुर तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, “श्रेष्ठले क्यानडा पठाउने भन्दै रु २३ लाख, पोख्रेलले युएई पठाउने भन्दै रु तीन ६४ हजार तथा तामाङले रोमानिया पठाउने भन्दै रु छ लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”
काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण