रवि र बालेनहरु परीक्षण भइसकेका पात्र हुन् : महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले रवि, बालेन, हर्क साङपाङ र कुलमान परीक्षण भइसकेका पात्र भएको बताए।
- उनले नयाँ र पुरानोको बहसको कुनै अर्थ नभएको र एजेन्डा महत्त्वपूर्ण हुने बताए।
- पोखरेलले जेनजी समूह कुनै सङ्गठित शक्ति नभएको र यसलाई प्रयोग गर्न खोजिएको आरोप लगाए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि, बालेन, हर्क साङपाङ र कुलमानहरू नेपाली राजनीति र राज्यसत्तामा कुनै न कुनै हिसाबले परीक्षण भइसकेका पात्र भएको बताएका छन् । पछिल्लो समय नेपालको राजनीतिमा नयाँ र पुरानो भन्दै निरर्थक बहस चलिरहेको बताउँदै उनले सो कुरा बताएका हुन् ।
महासचिव पोखरेलले नेपाललाई समेत बङ्गलादेश जस्तै बनाउन हिँडेकाहरू असफल हुँदै गएपछि पुराना पार्टीहरूलाई हराउन नयाँहरू मिल्नुपर्छ भन्ने धारणा अघि सार्न खोजिएको आरोप समेत लगाएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्नै महासचिव पोखरेलले राजनीतिमा पुरानो र नयाँ भन्नुको कुनै अर्थ नहुने समेत बताएका छन् । उनले राजनीतिकमा एजेन्डा र गन्तव्यको विशेष अर्थ र महत्त्व हुने बताउँदै नीतिविहीन र एजेन्डा विहीनहरूलाई नयाँको पगडी गुथाउँदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रममा हुने स्पष्ट पारेका छन् ।
महासचिव पोखरेलले पछिल्लो समय उदाएको जेनजी समूह भने कुनै सङ्गठित शक्ति नभएको बताएका छन् । पोखरेलले भनेका छन्- ‘नेपाली राजनीतिका लागि को नयाँ ? रवि, बालेन, हर्क साङपाङ वा कुलमान ? उनीहरू सबै नेपाली राजनीति र राज्यसत्तामा कुनै न कुनै हिसाबले परीक्षण भइसकेका पात्र हुन् । जहाँसम्म जेनजीका नाममा चर्चित बनेको जेन जेड समूहको सन्दर्भ छ, यो कुनै सङ्गठित शक्ति होइन, यो एउटा उमेर समूह मात्र हो ।’
पोखरेलले यो समूहलाई पुँजीवादी साम्राज्यवादीहरूले नवनिर्वाचित सत्ताका विरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोच राखेको समेत बताएका छन् । उनले भनेका छन्– ‘नेपालका सन्दर्भमा जेनजी अभियानकर्ताहरूले सुरु गरेको प्रदर्शनमा घुसपैठ गराएर त्यही दिशामा अघि बढाउने कोसिस भइरहेको कुरा साँचो हो ।’
महासचिव पोखरेलले नेकपा एमाले नेपालका राजनीतिक दलहरूमध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी भएको बताउँदै यससँग वर्तमान मात्र होइन भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र सङ्कल्प रहेको समेत दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण