सुशासनका लागि जिम्मेवार बन्न जेनजीलाई गृहमन्त्रीको आग्रह
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका सबै युवा शक्तिलाई सुशासनका मानकहरूमा परिपक्व भएर जिम्मेवार ढङ्ले प्रस्तुत हुन सुझाव दिएका छन् ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पहिलो पटक विकास गरिएको सुशासन र सेवा प्रवाहको नवीनतम मोडेल सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्स्मेण्ट सिस्टम) ‘पास’ एवं टोकन प्रणालीको आज सुरु गर्दै उनले जेनजी पुस्ताका शक्तिलाई सुशासनका प्रमुख मानकहरू जस्तै मानव अधिकारको सम्मान, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका सवालमा परिपक्व र जिम्मेवार ढङ्गले प्रस्तुत हुन सुझाव दिए ।
अन्तरिम सरकार बनेको जेनजी जन आन्दोलनको जगबाट बनेको उल्लेख गर्दै उनले सरकारको जगलाई मजबुद र संस्थागत गर्नुबाहेक अर्को कुनै विकल्प नभएको बताए । मन्त्री अर्यालले भने, “जेनजी पुस्ता हामी सबैको ‘गुरु पुस्ता’ जस्तै भइसकेको र नेपाल राष्ट्र स्वयं नै ‘गुरु राष्ट्र’ जस्तो भएको छ किन भने यो आन्दोलनलाई अरू देशका जेनजी पुस्ताले अनुसरण गर्न थालेका छन् ।”
जेनजी पुस्ताले जनआन्दोलनबाट देखाएको अग्रसरता र त्यसपछि भएको परिवर्तनलाई सही आचरणबाट संस्थागत गर्दै व्यवहारमा देखाउनुपर्नेमा उनको जोड थियो । उनले भने, “नेपाललाई गुरु राष्ट्र बनाउनका लागि सुशासनका सबै मानकहरूका बारेमा नव पुस्ताले अभ्यास गर्ने र प्रशिक्षण दिने अवस्थामा पुग्नुपर्छ ।”
आजदेखि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुरु भएको ‘पीएएस’ प्रणालीले नागरिक र राष्ट्र सेवकको सम्बन्ध नयाँ चरणमा पुर्याएको गृहमन्त्री अर्यालको भनाइ छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सो प्रणालीको विकास खरानीबाट उठेर प्रशासनको नयाँ भवनबाट प्रविधि मात्रै र सेवाग्राहीमैत्री सेवाको सुरु गर्न पाउँदा खुसी लागेको बताए ।
त्यस प्रणालीमार्फत सेवा लिन आउने सेवाग्राहीले कार्यालयभित्र प्रवेश गरेपछि पहिले सेवाग्राहीको कागजात रुजू गरिसकेपछि उनीहरूले लिन चाहेका सेवाका आधारमा टोकन लिएर सम्बन्धित शाखाबाट छिटोछरितो र झन्झटरहित सेवा लिन सकिने उनले बताए ।
सो अवसरमा गृहमन्त्री अर्यालले आफ्नो कार्यकाल आजदेखि १०० दिन पुगेको बताउँदै आफू नेतृत्वको मन्त्रालयले सम्पन्न गरेका केही प्रमुख कार्यहरू सार्वजनिक गरिएको जानकारी दिए ।
उनले यस अवधिमा मन्त्रालयले झण्डै ५० भन्दा बढी प्रमुख कार्यमा जेनजी पुस्ताका भावना र उनीहरूको अधिकार, कानुनी र सेवा सुधार, नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सुशासनका पक्षमा उल्लेख्य काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण