कलाकारको नाम दुरुपयोग गरेर ठगी धन्दा, अनमोलको नामबाट पनि मागियो पैसा
शनिबार, १२ पुस २०८२, १० : ३७
सारांश
- अनमोल केसीको नाम दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत पैसा मागिएको खुलासा भएको छ।
- अनमोलले फेसबुकमार्फत आफूले पैसा नमागेको र नक्कली खाताहरूलाई बेवास्ता गर्न आग्रह गरेका छन्।
- यसअघि केकी अधिकारी र स्वस्तिमा खड्काको नाममा पनि यस्तै घटनाहरू भएका थिए।
काठमाडौँ । पछिल्लो समय कलाकारहरूको नाम दुरुपयोग गरेर सामाजिक सञ्जालमार्फत पैसा उठाउने क्रम बढेको छ । हालै नायक अनमोल केसीको नामबाट पनि पैसा मागेको विवरणहरू सार्वजनिक भएका छन् ।
अनमोल आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत सचेत गराउँदै आफूले कसैसँग पैसा नमागेको र नक्कली एकाउन्टबाट आएका आग्रहलाई बेवास्ता गर्न आग्रह गरेका छन् ।
यसअघि नायिका केकी अधिकारी, स्वस्तिमा खड्का,रिमा विश्वकर्मालगायतका कालाकारको नाम दुरुपयोग गरेर पैसा माग्ने काम भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण