सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पदबाट हटेको तीन महिनापछि बालुवाटारमा ओली

शनिबार, १२ पुस २०८२, १६ : ४३
शनिबार, १२ पुस २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हटेको तीन महिनापछि बालुवाटार पुगेका छन्।
  • ओली भदौ २४ गते जेनजी आन्दोलनका बेला बालुवाटारबाट हेलिकप्टरमा भागेका थिए।
  • शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचनबारे छलफल गर्न ओली बालुवाटार पुगेका हुन्।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हटेको तीन महिनापछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ओली भदौ २४ गते जेनजी आन्दोलनका बेला बालुवाटारबाट हेलिकप्टरमा भागेका थिए ।

उनी शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचनबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । छलफलमा अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी छन् । 

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप