प्रधानमन्त्री कार्कीले शीर्ष नेतालाई भनिन् : राष्ट्रको भविष्य सम्झेर चुनाव सफल पारौँ
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई फागुन २१ गतेको निर्वाचन सफल पार्न आग्रह गरिन्।
- उनले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएको जानकारी दिइन्।
- प्रधानमन्त्री कार्कीले राष्ट्रको भविष्य र दिगो लोकतन्त्रका लागि चुनाव सफल पार्न जोड दिइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतालाई फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन जसरी पनि सफल पार्न आग्रह गरेकी छन् । छलफलको सुरुवातमा प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणा स्वीकार गरी उपस्थित भएकामा तीन नेताहरूलाई धन्यवाद ज्ञापन गर्दै सो आग्रह गरेकी हुन् ।
बैठकमा उनले राष्ट्रपतिबाट प्राप्त कार्यादेश अनुसार चुनाव गराउनका लागि सरकारले तयारी तीव्र पारिरहेको बताउँदै निर्वाचनको वातावरण बनिरहेको बताइन् । उनले भनिन्– ‘मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो, धेरै धन्यवाद र स्वागत छ।
यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाए बमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ।’
प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आफूहरूले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोत साधन उपलब्ध गराएको र भने जति नै स्रोतसाधनको व्यवस्था गरिएको जानकारी दिइन् । उनले पछिल्लो समय सुरक्षाकर्मीको मनोबल बढेको समेत बताइन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पार्नुपर्नेमा समेत जोड दिइन् ।
उनले भनिन्– ‘सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरूले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौँ।
अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ।’
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण