आम जनता पार्टी, जनादेश र लघुवित्त संघर्ष समितिबिच चुनावी एकता, 'मोबाइल' चिह्न लिएर मैदानमा उत्रिने
सारांश
- आम जनता पार्टी, जनादेश पार्टी र लघुवित्त संघर्ष समितिले आगामी निर्वाचनमा चुनावी तालमेल गरेका छन्।
- लघुवित्त संघर्ष समिति र जनादेश पार्टीका उम्मेदवारहरूले आजपाको चुनाव चिन्ह प्रयोग गर्नेछन्।
- यो मोर्चाले भ्रष्टाचार, ठगी र लघुवित्त कम्पनीहरूको शोषण विरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आम जनता पार्टी (आजपा), जनादेश पार्टी र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच चुनावी तालमेल र सहकार्यको सहमति भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच तीनै पक्षले साझा मोर्चा बनाएर निर्वाचनमा जाने घोषणा गरेका हुन् ।
सहमति अनुसार लघुवित्त संघर्ष समिति र जनादेश पार्टीका उम्मेदवारहरूले आम जनता पार्टीको आधिकारिक चुनाव चिन्ह ‘मोबाइल’ लिएर प्रतिस्पर्धा गर्नेछन् । यस सहकार्यमार्फत देशमा एउटा दीर्घकालीन वैकल्पिक राजनीतिक धार निर्माण गर्ने लक्ष्य राखिएको छ ।
तीन पक्षीय सहमति पत्रमा देशमा व्याप्त चरम भ्रष्टाचार, ठगी र राज्य संयन्त्रको दुरुपयोगका कारण नागरिकको जनजीवन कष्टकर बनेको उल्लेख गरिएको छ । विशेष गरी लघुवित्त कम्पनी र बैंकहरूले लिने मनोमानी ब्याज, अननैतिक ऋण असुली र ग्राहकमाथि हुने अमानवीय व्यवहारका विरुद्ध यो मोर्चाले शशक्त आवाज उठाउने प्रतिबद्धता जनाएको छ ।
“लाखौँ नागरिक आर्थिक, मानसिक र सामाजिक शोषणको सिकार भएका छन्,” सहमति पत्रमा भनिएको छ, “लघुवित्त र बैंकबाट ठगिएका पीडितहरूलाई न्याय दिलाउन सडकबाट सुरु भएको जनसंघर्षलाई अब संसदसम्म पुर्याउन हामीले यो साझा मोर्चा निर्माण गरेका हौँ ।”
निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारहरूको छनोट आपसी सहमतिको आधारमा गरिने सहमति भएको छ । यो मोर्चाले अन्य अग्रगामी, लोकतन्त्रवादी र देशभक्त शक्तिहरूसँग पनि चुनावी सहकार्य र तालमेलका लागि ढोका खुला राखेको छ ।
सहमति पत्रमा आजपाका तर्फबाट अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, नेताहरू तिलक थापा मगर, त्रिभुवन साह र चन्द्रभुषण साहले हस्ताक्षर गरेका छन् । यस्तै, जनादेश पार्टीका तर्फबाट अध्यक्ष रमण कर्ण तथा संघर्ष समितिको तर्फबाट पुनाराम ज्ञवाली (मनिराम), अगस्त अधिकारी, मनी प्रसाद चौलागाई, अर्जुन विश्वकर्मा र आशा सञ्जेल लगायतले हस्ताक्षर गरेका छन् ।
मोर्चाले राज्य संयन्त्रलाई जनउत्तरदायी बनाउन र वित्तीय क्षेत्रमा रहेका बेथिति अन्त्यका लागि कानुनी, राजनीतिक र जनदबाबका सबै मार्गहरू अपनाउने दृढता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण