पुराना दलका नेता सर्कसको बाघ जस्तै भएका छन् : सुदन किराती
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किरातीले पुराना दलका नेताहरूलाई सर्कसको बाघसँग तुलना गरे।
- उनले लोकतन्त्रलाई लुटतन्त्र बनाउने नेताहरू सीमित घेरामा बस्न बाध्य भएको बताए।
- किरातीले नयाँ शक्तिहरूलाई सचेत रहन र चुनावी गठबन्धनबारे विचार गर्न आग्रह गरे।
विराटनगर । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले जेनजी विद्रोहपछि सिंह भनिने पुराना दलका नेताहरू सर्कसको बाघ जस्तै भएको बताएका छन् । उनले लोकतन्त्रलाई लुटतन्त्र बनाई चैन गर्ने नेताहरू आज सीमित कार्यकर्ताको घेराभित्र बस्न बाध्य भएको बताए ।
शनिबार विराटनगरमा पार्टीको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै किरातीले नयाँ भन्ने शक्तिहरूले पनि समयमा कुरा नबुझे फेरि लोकतन्त्र र राष्ट्रियता खतरामा पर्ने बताए ।
उनले भने, ‘जेनजी विद्रोहसँगै सिंह भनिने पुराना नेताहरू आज सर्कसको बाघ जस्तै भएका छन् । लोकतन्त्रलाई लुटतन्त्र बनाई चैन गर्ने नेताहरू आज सीमित कार्यकर्ताको घेराभित्र बस्नु परेको छ । तर नयाँ भन्ने शक्तिहरूले पनि समयमा कुरा नबुझे फेरि लोकतन्त्र र राष्ट्रियता खतरामा पर्न सक्छ ।’
उनले कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले चुनावी गठबन्धन गर्न भित्र भित्रै तयारी गरिरहेको समेत आरोप लगाए । ‘ठगहरू फेरि भेष फेरेर जनतालाई झुक्याउन आउन सक्छन् । यस्तो बेला नयाँ शक्तिहरू अत्यन्तै सचेत रहनुपर्छ’ किराती भने ।
किरातीले आफूहरू श्रम संस्कृति पार्टी र उज्यालो नेपाल लगायतका पार्टीसँग एकता गर्न तयार रहेको समेत बताए । उनले अन्य शक्तिसँग चुनावी गठबन्धन गर्न खुल्ला रहेको बताए ।
‘यो बेला मेरो गोरुको बाह्रै टक्का कसैले नगरौँ, लक्ष्य प्रमुख बनाऔँ, अरू सबै विषय सहायक हुन्’ उनले भने, ‘यस्तो बेला पुरानो पार्टीका प्रगतिशील जुझारु व्यक्ति र समूहरुले पनि आँट र बुद्धि पुऱ्याउन आग्रह गर्छु, समयले सधैँ हामीलाई पर्खिने छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण